बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

भारत उत्तराखण्डको बाढीपहिरोमा १८ जना नेपाली सम्पर्कविहीन

शुक्रवार, साउन २३, २०८२

काठमाडौं, २३ साउनः भारतको उत्तराखण्डमा गत मंगलबार आएको बाढी र पहिरोका कारण जाजरकोट, जुम्ला र बर्दियाका १८ नेपाली सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन हुनेमा जाजरकोटका मात्र १३ जना छन् । बर्दियाका ५ जना सम्पर्कविहीन छन् । मंगलबार उत्तरकाशी जिल्लाको धराली बजारमा आरिघोप्टे वर्षा भएर बाढी आएको थियो । यस्तै बुधबार पौडी गढवालमा पहिरो गएको थियो । नेपालीहरू यी दुवै घटनामा परेको अनुमान गर्दै स्थानीय तहहरूले सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन् ।

जाजरकोटको कुशे गाउँपालिका—२ का १३ जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन् । गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार पालिकाका अन्य वडाका व्यक्ति पनि हराएको आशंका छ । त्यहाँ बाढीपहिरोले ठूलो क्षति पुर्‍याएकाले मजदुरीका लागि गएका अन्य स्थानीयसँग सम्पर्क नभएको गाउँपालिकाले जनाएको छ । पालिकाले आवश्यक पहलका लागि संघीय सरकारलाई गुहारेको छ ।

कुशे गाउँपालिकाका–२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह, रविन सिंहको मृत्यु भएको मानबहादुर सिंहका छोरा नवीनले जानकारी गराउनुभएको छ । २१ वर्षका नवीन बुवासँगै काम गर्न जानुभएको थियो । उहाँसँगै सोही वडाका अनुमानित २० जना काम गर्दै आएको नवीनले जानकारी दिएको वडाध्यक्ष मानबहादुर सिंहले बताउनुभयो ।

यस्तै जुम्ला तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुम घर भएका नाम नखुलेका अर्का एक जना पनि बाढीपछि सम्पर्कविहीन रहेको आफूले जानकारी पाएको अध्यक्ष बस्नेतले बताउनुभएको छ ।

दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले उत्तरकाशीको घटनामा नेपाली हराएको विषयमा भारतीय प्रहरीबाट औपचारिक जानकारी प्राप्त नभएको बताउनुभएको छ । धराली घटनामा २ सय ७४ जनाको उद्धार भएको छ । तर उनीहरू सबैको पहिचान भइसकेको छैन ।

यता उत्तराखण्डको पौडी गढवालस्थित ग्राम बाकुडाबाट करिब १ किमि टाढा मधेरा खटौलानजिक सिन्धु खोला किनारमा बुधबार बिहान खसेको पहिरोमा परी ५ जना नेपाली बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बर्दियाका मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ का एकै परिवारका तीन, मधुवन–५ गाउँ नम्बर ८ का एक र मधुवनकै वडा नखुलेका एक जना छन् । पहिरोमा परी मधुवन–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उहाँकी ३० वर्षीया श्रीमती सरस्वती र २ वर्षीय छोरा रोमन छन् । गाउँ नम्बर ८ का ४५ वर्षीय रामु परियारकी श्रीमती अमृता र मधुवनकै २१ वर्षीय सुवास विक पनि पहिरोमा बेपत्ता छन्  ।

सम्बन्धित खबर