Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
ओली राष्ट्रको आवश्यकता हो, विकल्प होइन: चौतारी अध्यक्ष पाण्डे
शुक्रवार, साउन २३, २०८२
कञ्चनपुर, २३ साउनः प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रको आवश्यकता भएको बताउनु भएको छ।
शुक्रबार कञ्चनपुरमा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश बैठकको उदघाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले ओलीलाई वर्तमान समयको राजनीतिक, सामाजिक र राष्ट्रिय चुनौतीको सामना गर्न सक्षम एक मात्र नेता प्रधानमन्त्री ओली भएको बताउनुभो हो । चौतारीको प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले भन्नुभयो, “अहिलेको चुनौतीको सामना गर्न दृढ, स्पष्ट र निडर नेतृत्व ओलीसँग मात्रै छ।”
उहाँले प्रविधि र न्यू मिडिया मैत्री पत्रकारितालाई युगको आवश्यकता बताउँदै समयसँगै समायोजन हुने, समाजको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने तथा विश्वाससहितको सूचना प्रवाह गर्ने पत्रकारिता नै प्रेस चौतारीको मूल लक्ष्य भएको स्पष्ट पार्नुभयो। “त्यो लक्ष्य प्राप्तिको यात्रामा हामी छौं, र यसको अगुवाइ प्रेस चौतारीले नै गर्नुपर्छ। नेपाली पत्रकारिताको दिशा–निर्देशन गर्ने क्षमता र योग्यता हामीसँग छ, र यसलाई निरन्तरता दिनेछौं,” उहाँले जोड दिनुभयो।