बुधवार, फागुन २७, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

“वर्तमान राजनीतिक परिस्थितिमा ओलीको नेतृत्व अपरिहार्य”

शुक्रवार, साउन २३, २०८२

महेन्द्रनगर, २३ साउनः नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई देवत्वकरणको गरिएको भनि व्याख्या गर्नु अनुचित हुने बताउनुभएको छ ।

 वर्तमान राजनीतिक परिस्थितिमा ओलीको नेतृत्व अपरिहार्य आवश्यकता भएको भएको उहाँको नेतृत्व आवश्कय रहेको भट्टले बताउनुभयो । कञ्चनपुरको महेन्द्रनगरमा आयोजित प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव भट्टले अध्यक्ष ओलीलाई चाँडै बुझ्न कठिन भए पनि उहाँले चालेका कदमको अर्थ समयसँगै स्पष्ट हुने अद्भुत क्षमता भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, 'ओलीलाई समर्थन गर्नु अहिलेको वस्तुस्थिति हो, व्यक्तिपूजाबाट प्रेरित होइन।'

भट्टले नेकपा एमाले हाल वैचारिक, सैद्धान्तिक र सांगठनिक दृष्टिले मुलुकको कम्युनिष्ट आन्दोलनको केन्द्रमा रहेको बताउनुभयो ।  त्यसको सम्भावना र नेतृत्व अध्यक्ष ओलीकै हातमा रहेको पनि उहाँले स्पष्ट पार्नुभयो। 'राष्ट्रियताका लागि अहिलेको नेतृत्व केपी ओली हो र उहाँ नै हुनुहुन्छ, शक्ति, संगठन र जनसमर्थनको हिसाबले एमाले देशको एक नम्बर पार्टी हो', उहाँले भन्नुभयो । 

एमालेभित्र केही आन्तरिक समस्या रहेको स्वीकार गर्दै सचिव भट्टले पार्टीले आत्मसुधारमार्फत ती समस्याहरूलाई समाधान गर्ने दिशामा अघि बढ्नुपर्ने धारणा राख्नुभयो। उहाँले अध्यक्ष ओलीको सक्रियता, संकल्पशक्ति र नेतृत्व क्षमतालाई जोड दिंदै ओलीजस्तो खट्ने, सपना देख्ने र निरन्तर सक्रिय रहने नेता नेपालमा नभएको दाबी गर्नुभयो । 

गणतान्त्रिक व्यवस्थाको संरक्षण र राष्ट्रपतिको गरिमा कायम राख्न पार्टी प्रतिवद्ध रहेको उल्लेख गर्दै भट्टले राष्ट्रपतिको पदलाई सम्मानित रूपमा राख्न पुर्वराष्टपतिलाई सक्रिय राजनीतिमा नआउन अनुराेध गरेको उहाँले स्पष्ट पार्नुभयो। 'गणतन्त्रको गरिमा र गौरवका रूपमा राष्ट्रपतिको सम्मान गर्ने निर्णय हामी गरिसकेका छौँ', उहाँले भन्नुभयो । 

कार्यक्रममा बोल्दै सचिव भट्टले पार्टीभित्र बैठकमा समर्थन जनाउने तर बाहिर आलोचना गर्ने प्रवृत्तिले संगठनलाई कमजोर बनाउने भन्दै त्यसले कुनै राजनीतिक मूल्य नहुने धारणा पनि राख्नुभयो।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले पनि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई राष्ट्रको आवश्यकता भएको धारणा राख्नुभयो। उहाँले वर्तमान राजनीतिक, सामाजिक र राष्ट्रिय चुनौतीको सामना गर्न सक्षम एक मात्र नेता प्रधानमन्त्री ओली भएको स्पष्ट पार्नुभयो। 'अहिलेको चुनौतीको सामना गर्न दृढ, स्पष्ट र निडर नेतृत्व ओलीसँग मात्रै छ', उहाँले भन्नुभयो ।उहाँले प्रेस चौतारी नेपालले पत्रकारिताको नयाँ दिशा निर्माणमा नेतृत्व लिनुपर्ने आवश्यकता औँल्याउँदै वर्तमान युग प्रविधिमैत्री र न्यू मिडिया अनुकूल पत्रकारिताको युग भएको बताउनुभयो। अध्यक्ष पाण्डेले प्रेस चौतारीको उद्देश्य केवल संगठन विस्तारमा सीमित नरहेको स्पष्ट पार्दै समाजको आवश्यकता, जनताको चाहना र सत्यको पक्षमा अडिग सूचना प्रवाह गर्न सक्षम पत्रकारिता निर्माण गर्न आफूहरू संलग्न रहेको उल्लेख गर्नुभयो। 

उक्त प्रशिक्षण कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य निरुदेवी पाल, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, प्रेस चौतारीका उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा लगायतको उपस्थिति रहेको छ । 

प्रदेश अध्यक्ष नरेन्द्र कार्कीका अनुसार सो प्रशिक्षण कार्यक्रममा प्रदेशभरका चौतारी प्रतिनिधिहरू, पत्रकार र पार्टीका प्रचार विभागमा संलग्न कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ। कार्कीले प्रशिक्षणमा संगठन सुदृढीकरण, सशक्त सञ्चार रणनीति, प्रेस स्वतन्त्रताको सुदृढीकरण र आगामी कार्ययोजनाबारे गहिरो छलफल गरिने जानकारी दिनुभयो।

सम्बन्धित खबर