Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
इरानको दक्षिणी क्षेत्रमा रेल दुर्घटना हुँदा ३० जना घाइते
शुक्रवार, साउन २३, २०८२
तेहरान, २३ साउन: इरानको दक्षिणी प्रान्त केर्मानमा शुक्रबार एक रेल दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
इरानको ‘रेड क्रिसेन्ट सोसाइटीको रिलिफ एण्ड रेस्क्यु अर्गनाइजेसन’का प्रमुख बाबाक महम्मदीले मेहर समाचार संस्थासँग भन्नुभयो, “केरमान–जारान्ड रेलमार्गमा रेल लिक (पटरी) बाट बाहिर जाँदा भएको दुर्घटनामा ३० जना घाइते भएका छन् ।”
तस्निम समाचार एजेन्सीले राष्ट्रिय रेलवे निकायको जनसम्पर्क कार्यालयबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ, “रेलवे प्राविधिक कर्मचारी र उद्धार बलको समयमा आगमन पछि सबै यात्रीहरू सुरक्षित रूपमा रेलबाट बाहिर निस्केका छन्।”
इरानमा रेल दुर्घटना असामान्य छैन तर इरानमा ठूला दुर्घटना भने विरलै भएका छन् । सन् २०२२ को जुन महिनामा मध्य इरानी शहर ताबास नजिकै एउटा रेलले स्काभेटरलाई ठक्कर दिँदा २१ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका थिए ।
सन् २०१६ मा उत्तरी इरानमा दुईवटा रेल एकआपसमा ठोक्किएर आगलागी हुँदा ४४ जनाको मृत्यु भएको थियो ।