बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

टोपबहादुर रायमाझी पक्राउ

आइतवार, वैशाख ३१, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । रायमाझीलाई प्रहरीले काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

रायमाझी विरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार रहनु भएको थियो । । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

सम्बन्धित खबर