झापा, २५ साउनः झापाको गौरादहमा सर्पको टोकाइबाट एक जना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका वडा नम्बर ४, जोरघरेका ६३ वर्षीय रणबहादुर तामाङ रहेनुभएको छ ।
सर्पले टोकेपछि उहॅंालाई तत्काल नेपाल रेडक्रस सोसाइटी दमकको सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो।
त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारका लागि बीएन्डसी अस्पताल, बिर्तामोडमा लगिएको थियो। तर, चिकित्सकले राति साढे ८ बजे जाँच गर्दा मृत्यु भइसकेको जानकारी दिएका थिए।
घटनाको अनुसन्धान गर्न प्रहरी चौकी महारानीझोडाबाट एक टोली खटाइएको र मृतकको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।



