सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

‘मोहर’ र ‘सिटामोल’ लाई दर्शकको साथ

आइतवार, साउन २५, २०८२

काठमाडौँ, २५ साउन : गाईजात्रा, जनैपूर्णिमा र रक्षाबन्धनलाई लक्षित गर्दै गत शुक्रबारदेखि प्रदर्शित दुई नेपाली चलचित्र ‘मोहर’ र ‘सिटामोल’ लाई दर्शकले साथ दिएका छन् । निर्माण पक्षका अनुसार सामाजिक विषयवस्तुमा आधारित भई तयार गरिएको भए तापनि दुवैको प्रस्तुतीकरण फरक भएकाले दर्शकको मन जित्न चलचित्र सफल भएको हो ।  
 
चलचित्र प्रदर्शनको दोस्रो दिन जनैपूर्णिमा र रक्षाबन्धनमा दर्शकको चाप चलचित्र भवनमा देखिएको र यसले गाईजात्रापछि पनि निरन्तरता पाउनेमा दुवै चलचित्रका निर्माणपक्ष विश्वस्त छन् ।
 
चलचित्र ‘मोहर’ले देवीदेवताको सेवाका नाममा अवोध कन्या बालिकालाई ‘देउकी’ बनाउने जस्ता अन्धविश्वासविरुद्ध जनचेतना जगाउने लेखक तथा निर्देशक ओम प्रतीकले जानकारी दिनुभयो । उहाँले बालिकामाथि हुने परम्परागत सामाजिक हिंसाका घटनालाई चलचित्रले निरुत्साहित गर्ने सन्देश प्रवाह गर्ने बताउनुभयो ।
 
“मेरो जानकारीमा भएसम्म केही वर्ष अगाडिसम्म देउकी प्रथा चलेको थियो । त्यसकारण पनि आजकै शैलीमा उक्त कथालाई भनेका छौँ । अहिले विभिन्न बहानामा बालिकामाथि हुने गरेको हिंसालाई बन्देज गर्नुपर्छ भन्ने सन्देश चलचित्रले प्रवाह गर्छ । यो मनोरञ्जनसँगै सामाजिक विकृतिलाई उठान गरिएको चलचित्र हो”, उहाँले भन्नुभयो ।
 
उहाँले चलचित्रका माध्यमबाट धेरै तथ्यलाई बुझाउन सहज भएकाले ‘मोहर’ को विषयवस्तु छनोट गरेको जानकारी दिनुभयो । चलचित्रमा पल शाह, बेनिशा हमाल, निती शाह, अर्जुनजङग शाही, मिस पविलगायत कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रमा भूपेन्द्र अधिकारीले सम्पादन, दिपेन बस्न्यातले छायाङ्कन, कुमार महर्जनले द्वन्द्व निर्देशन गर्नुभएको छ ।
 
प्रदर्शनरत अर्को चलचित्र ‘सिटामोल’ द्वन्द्वकालमा घाइते भएका एक परिवारको कथामा आधारित रहेर तयार गरिएको छ । उक्त चलचित्रका निर्देशक राजबहादुर सानेले आफ्नो निर्देशन यात्रालाई फरक ढङ्गले परिभाषित गर्ने काम चलचित्रले गर्ने दाबी गर्नुभयो ।
 
उहाँले भन्नुभयो, “विगतमा मैले गरेको कामभन्दा यो निकै फरक छ । यसपटक मैले रोजेको कथा र त्यसमा लेखिएका चरित्रलाई जीवन्त बनाउनुभएका कलाकारले गर्दा भिन्न रूपमा आएको छु । यो चलचित्रले माओवादी द्वन्द्वकालमा घाइते भएको एक व्यक्ति र उसको परिवारको कथालाई समेटिएको छ ।”
 
अभिनेता सौगात मल्लले पनि चलचित्रमा जोडिनाका कारण विषय र युद्ध लडेको लडाकुको जीवनसँगको सङ्घर्ष रहेको बताउनुभयो ।
 
“समाज र देश परिवर्तन गर्न युद्धमा होमिएको एउटा व्यक्तिले आफ्नो जीविकोपार्जनका लागि गर्नुपरेको सङ्घर्षलाई चलचित्रमा देखाएका छौँ । यो एउटा द्वन्द्वको प्रभाव परेको व्यक्ति र उसको परिवारको कथा हो । यसले हाम्रो सोचाइमा परिवर्तन ल्याउँछ जस्तो लाग्छ”, अभिनेता मल्लले भन्नुभयो ।
 
सो चलचित्रमा अभिनेता मल्लसँगै अभिनेत्री बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मीलगायत कलाकारले अभिनय गर्नुभएको छ । उक्त चलचित्रको कथा निर्देशक सुनुवारसँगै प्रदीप भारद्वाजले लेख्नुभएको हो ।
 
पछिल्लो समय चाडपर्वको अवसरमा प्रदर्शित गर्ने नेपाली चलचित्रले दर्शकको साथ पाउने गरेका छन् । 
सम्बन्धित खबर