शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

सिम्रिक साकोसद्वारा विद्यार्थीलाई झोला वितरण

सोमवार, जेठ १, २०८०

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड ७ स्थित बिरानमा रहेको लक्ष्मी आधारभुत विद्यालयका विद्यार्थीलाई किताब बोक्ने झोला वितरण गरेको छ ।
सहकारीले आज एक कार्यक्रमका बिच विद्यालयका १ सय ९१ जना विद्यार्थीहरुलाई वितरण गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका ७ का वडाअध्यक्ष कृष्ण प्रसाद अबिरल खरेल , संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमल बस्नेत लगायतले संयुक्त रुपमा विद्यार्थीलाई व्याग प्रदान गर्नु भयो ।

सामाजिक उत्तरदायित्व बहन गर्दै सामुदायिक विद्यालयको शैक्षिक सुधारकालागि विद्यार्थीलाई झोला सहयोग गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिनु भयो । उहाँले संस्थाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता राखेर काम गर्दै आएको बताउनु भयो ।

यस्तै संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले विपन्न विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा टेवा पु¥याउन तथा विद्यार्थीलाई किताब व्यवस्थापनमा सहजता प्रदान गर्न संस्थाले सहयोग गरेको धारणा राख्नु भयो । संस्थाले नाफा मात्र कमाउने नभई सामाजिक उत्तरदायित्व पनि निभाउने उहाँको भनाई थियो ।


एक सय भन्दा बढी अभिभावक सहभागि कार्यक्रममा उहाँले सिम्रिकले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा झापा , मोरङ, पाँचथर र इलाम जिल्लामा रहेका ४९ वटा सेवा केन्द्र मार्फत सदस्यलाई सहयोग गर्दै आइरहेको जानकारी दिनु भयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेदनीप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष खरेल, अभिभवाक तथा ७ नम्बर वडा सदस्य हेमलत्ता विश्वकर्मा लगायतले सिम्रिकले गरेको सहयोगको खुलेर प्रशंसा गर्नु भयो ।

कार्यक्रममा सिम्रिकका शिक्षा उप समिति सदस्य बद्री प्याकुरेल, संस्थाका सचिव इन्द्रबहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट लगायतको उपस्थिति रहेको थियो । लक्ष्मी आधारभुत विद्यालयका प्रधानाध्यापक गेहनाथ लामिछानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सिम्रिक साकोसको विभागिय प्रमुख बिजय बस्नेतले गर्नु भएको थियो ।

यसै कार्यक्रमकाबिच शैक्षिक सुधार कार्यक्रम अन्तरगर्त बिर्तामोड ७ वडाको तर्फबाट पनि विद्याथीहर्रुलाई अतिरिक्त पोशाक एक सय ५८ थान (हाउस ड्रेस) बितरण गरिएको छ । वडाअध्यक्ष खरेलले विद्यालयका प्रधानाध्यपाक तथा व्यवस्थापन समितिलाई उक्त पोशाक प्रदान गर्नु भयो ।

सम्बन्धित खबर