Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु
सोमवार, साउन २६, २०८२
सुर्खेत, २६ साउनः जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भेरी नगरपालिका–१, कोल्चौरनजिकै कल्ले खोलामा गए राति १ बजे भएको एम्बुलेन्स दुर्घटनामा चालक भेरी नगरपालिका–१, डौँरीकाँडाका २७ वर्षीय सुनील चदराको मृत्यु भएको हो ।
भेरी नगरपालिका–१, रावत गाउँदेखि मैदेमा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार, उकालो जाने क्रममा भित्तामा ठोक्किएर एम्बुलेन्स करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो ।
राति १ बजे दुर्घटना भए पनि स्थानीयले आज बिहान घाँस काट्न जाने क्रममा थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।