Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
जंगली च्याउ खाँदा उर्लाबारीमा एकै परिवारका पाँचजना बिरामी
सोमवार, साउन २६, २०८२
विराटनगर, २६ साउनः मोरङको उर्लाबारी नगरपालिका–१ मेचेडाँगीमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । प्रहरीका अनुसार लालबहादुर खड्काको परिवारका सदस्यहरू बिरामी परेका हुन् ।
बिरामी पर्नेमा ६९ वर्षीय लालबहादुरसहित उहाँकी पत्नी ६८ वर्षीया पवित्रा खड्का, छोराहरू ४२ वर्षीय शेरबहादुर खड्का, ३८ वर्षीय जंगबहादुर खड्का र बुहारी २४ वर्षीया जानुका खड्का रहेका छन् । जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी बनाएर खाँदा आइतबार राति उनीहरू बिरामी परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिरामी परेका सबैजनाको झापाको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको र शेरबहादुर तथा जानुकाको अवस्था मध्यम रहेको छ । अरुको अवस्था सामान्य रहेको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।