Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
ढेँडुखोलामा डुबेर दुई बालकको मृत्यु
मङ्गलवार, साउन २७, २०८२
पर्सा, २७ साउनः ठोरी गाउँपालिका–२ मा अवस्थित ढेँडुखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ ।
ठोरी–२ ढेँडुखोलाका मनोज कठायतका आठ वर्षीय छोरा अंश कठायत र चार वर्षीय छोरा आयांस कठायतको आज बिहान १० बजेको आसपासमा खोलामा नुहाउने क्रममा अचानक डुबेर मृत्यु भएको पर्सा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।
“ढेँडुखोलामा नुहाउने क्रममा दुई बालक अचानक डुबेर पानी माथि तैरिरहनेको अवस्थामा स्थानीयले उद्धार गरेर स्वास्थ्यचौकी ठोरीमा पु¥याउनुभएको थियो”, उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्दा दुवै बालकको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।”
पर्सा प्रहरीका सूचना अधिकारी लम्सालले आवश्यक मुचल्का तयार पारेर मृतक बालकको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल ल्याइएको जानकारी दिनुभयो ।