Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण
मङ्गलवार, भदौ ३, २०८२
मुस्ताङ, ३ भदौः हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण देखिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण भएको हो ।
डेङ्गु सङ्क्रमित महिला बिरामी परेपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोममा भर्ना भएकी थिइन् । सोही क्रममा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा समिक्षा कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिरामी महिला उपचारपछि घर फर्किनुभएको छ । साउनमा यहाँ डेङ्गु रोग सङ्क्रमण देखिएको यो पहिलो घटना भएको डा कँडेलले जानकारी दिनुभयो । यहाँ आउने पर्यटकका माध्यमबाट यहाँ डेङ्गु सङ्क्रमण देखिएको उहाँको भनाइ छ ।
यसअघि मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा आव २०८०/८१ मा चार जना तथा आव २०८१/८२ मा १७ जनामा डेङ्गु सङ्क्रमण देखिएको मुस्ताङ अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।