Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.
Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.
Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.
पुवा खोलाको बेलीब्रीज उद्घाटन
बुधवार, भदौ ४, २०८२
ईलाम, ४ भदौ : ईलाम नगरपालिका–९ र ११ जोड्ने पुवा खोलामा निर्मित बेलीब्रिज औपचारिक रूपमा सञ्चालनमा आएको छ। बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उक्त पुल उद्घाटन गर्नुभयो।
भारतीय सरकारको सहयोगमा बनेको उक्त पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र ईलामका बासिन्दालाई झापा आवत–जावतमा सहज भएको छ। सडक डिभिजन कार्यालय ईलामका प्रमुख पवन भट्टराईका अनुसार पुलको लम्बाइ ४८.८ मिटर रहेको छ। १ करोड ४८ लाख रुपैयाँ लागतमा सागर–शुभारम्भ–एरिसा जेभीले पुल निर्माण गरेको हो।
यो पुल सञ्चालनमा आएपछि पहाड र तराईबीचको दूरी छोटिने मात्र नभई यातायात सुगम हुने र स्थानीय कृषिउपजको बजारसम्म सहज पहुँच पुग्ने भएकाले स्थानीयको आर्थिकस्तर उकासिन सहयोग पुग्ने विश्वास गरिएको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताउनुभयो।
उद्घाटन समारोहमा संघीय सांसद महेश बस्नेत, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा. विजयकुमार जैसी, पुल महाशाखाका प्रमुख ललिजन खनाल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवर, ईलाम नगरपालिकाका प्रमुख केदार थापा लगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति थियो।
मन्त्री दाहाल र राजदूत श्रीवास्तवले आजै पाँचथरको हेँवा खोलामा जडान गरिएको मोड्युलर ब्रीजको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ।