Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडमा ग्लोबल रीचको शाखा उद्घाटन
बिहिवार, भदौ ५, २०८२
बिर्तामोड, २९ साउन : नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया लगायतका विभिन्न देशमा अवसर दिलाउँदै आएको ग्लोबल एजुकेशन सर्भिसेज प्रा.लि. (ग्लोबल रीच) को शाखा बिर्तामोडमा विस्तार गरिएको छ ।
वान स्टप मल बिर्तामोडमा स्थापित सो शाखाको आज नगर प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख प्रसाईले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि यो संस्था मार्गदर्शक बन्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाले अष्ट्रेलिया, भारत, श्रीलंका, नेपाल, भुटान र बङ्गलादेशमा ६४ वटा शाखा सञ्चालन गर्दै आएको छ । यसै क्रममा नेपाली विद्यार्थीलाई अष्ट्रेलियाका ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेट गर्ने अवसर दिलाउने उद्देश्यले आगामी साउन ३० गते काठमाडौंको होटल याक एण्ड यतिमा ‘अष्ट्रेलियन एजुकेशन फेयर २०८२’ आयोजना गर्न लागेको ग्लोवलका प्रमुख नारायण बजाजले जानकारी दिनुभयो ।
विद्यार्थीहरूले सो मेला मार्फत ३ हजार भन्दा बढी शैक्षिक कार्यक्रमबारे जानकारी लिन सक्ने जनाईएको छ । कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।