शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

हात्ती धपाउन जोखिम मोलेर विद्युतीय घेराबारा

बिहिवार, भदौ ५, २०८२

झापा, ५ भदौ : मेचीनगर नगरपालिका–११ का शान्तिराम चिमरियाले जंगली हात्ती नपसोस् भनेर घर र गोठलाई विद्युतीय तारले घेर्नु भएको छ । तारको बीच बीचमा पोलिथिनका सेता झोला झुण्ड्याउनु भएको छ ।“गाउँमा हात्तीका हुल पस्छन्,” उहाँले भन्नुभयो,“परैबाट हात्ती तर्सियोस् भनेर वरिपरि तारको घेराबेरा गरेका हौं ।” उहाँले मात्र होइन, जंगल छेउका अधिकांश गाउँमा घरको सुरक्षाका लागि यस्तै तारबार लगाएको पाइन्छ ।

काठ र बासका किलामा अड्याइएका असुरक्षित तारमा अधिकांश मानिसले रातभर विद्युत प्रवाह गरिदिएका हुन्छन् । बेलुका सुत्ने बेलामा करेन्ट प्रवाह गर्ने र विहानीपख उज्यालो भएपछि बन्द गर्ने सर्वसाधारणको प्रचलन छ । विद्युत प्रवाह भएको तारसँग हात्ती डराउने स्थानीयबासीको विश्वास छ । हात्ती धपाउन प्रयोग भएको विद्युतीय तारमा झुक्किएर जनधनको समेत क्षति हुने गरेको छ । “राति प्रवाह गरेको विद्युतको स्वीच अफ गर्न बिर्सदा गाउँघरमा मानिस नै दुर्घटनामा नपरेका होइनन्,” उहाँ भन्नुहुन्छ “हात्ती आइहाल्छ, धपाउने अरु उपाय नहुँदा किसानहरु जोखिम मोलेर भए पनि करेन्ट लगाउन बाध्य भएका हुन् ।”

स्थानीयले तारमा करेन्ट नलगाई पोलिथिनका झोला झुण्ड्याउने उपाय पनि लगाएका छन् । तारमा सेता झोला लहरै झुण्ड्याउँदा करेन्ट लगाएको ठानेर हात्ती घर र बारीतिर नपस्ने विश्वास रहेको चिमरिया बताउनुहुन्छ । तर बुद्धिमानी मानिएको हात्तीले स्थानीयबासीको हरेक अवरोध पार गर्न जुक्ति लगाउने गरेको छ । नजिकैको सुकेको रुखको दाउरा वा काँचो हाँगो भाँचेर करेन्ट प्रवाह भएको तारलाई भुइँमा लतार्ने नयाँ जुक्ति हात्तीले लगाउँदै आएको चिमरियाले बताउनुभयो । एकपटक करेन्टको झड्का लागेको स्थानमा हात्ती दोहोर्याएर नआउने हुँदा सर्वसाधारणले यही विद्युतीय असुरक्षित घेराबेराको सहारा लिदै आएका छन् ।

मेचीनगर नगरपालिका–४ की ६८ वर्षीया नरमाया कोइरालाले तीन हात्तीको हुलले घर भत्काएर भताभुङ्ग बनाएको बताउनुभयो । घर भत्किएपछि हात्तीबाट असुरक्षित भएको पीडा वडाध्यक्ष अर्जुन कार्कीलाई सुनाउन उहाँ वडा कार्यालयसम्म पुग्नुभयो । भारतबाट सीमा पार गरेर आउने हात्ती समेतको विचरणस्थल बनेको झापामा मानव–हात्ती द्वन्द्वका क्रममा डेढ दशकमा ७२ जनाको हात्ती आक्रमणमा मृत्यु भएको छ भने २५ हात्ती मारिएका छन् ।

हात्ती धपाउन बिछ्याइएको विद्युतीय तारमा परेर सर्वसाधारण, हात्ती र गाईबस्तु मारिने गरेका छन् । तर, विद्युतीय तारमा परेर मरेका व्यक्ति र हात्तीको यकिन तथ्यांक राखेको पाइएको छैन ।
मानव–हात्ती द्वन्द्वको विषयमा जानकार गोविन्द न्यौपानेले सुरक्षाका लागि भन्दै विद्युतीय तार बिछ्याउने कार्य एकदमै जोखिमपूर्ण रहेको बताउनुभयो । यसबाट मानवीय क्षति समेत भइरहेको उहाँले बताउनुभयो । “हात्ती प्रभावित बाहुनडाँगीमा अहिले चाहिँ यस्तो तार विछ्याउने गतिविधि हट्यो,” उहाँले भन्नुभयो– “बिगतमा धेरै मानिस र हात्तीले घर वरिपरि बिछ्याइएको विद्युतीय तारमा करेन्ट लागेर अनाहकमा ज्यान गुमाएका छन् ।”

झापाको जंगल छेउछाउका बासिन्दाले तार या डोरीमा प्लास्टिकका पोकापोकी राखेर हात्ती तर्साउने गरेको जनाउँदै यसबाट पनि हात्ती नियन्त्रण प्रभावकारी नभएको उहाँको धारणा छ ।
“करेन्ट लगाएको ठानेर हात्ती तर्सेला कि भन्ने सर्वसाधारणको भ्रम मात्र हो यो,” उहाँले भन्नुभयो– “दशकौंदेखि मानिससँग संघर्ष गर्दै आएको हात्तीले कहाँ करेन्ट छ र छैन भन्ने सजिलै थाहा पाउँछ । मनको सन्तोष मात्र हो यो ।” जोखिम निम्त्याउने गरी गाउँभरि बिछ्याइएका विद्युतीय तारको बारेमा डिभिजन बन कार्यालय, जनप्रतिनिधि र संरक्षणकर्मीहरु बेखबर छैनन् । तर, हात्तीबाट जोगिने दीर्घकालीन उपाय कसैले दिन नसकेका कारण यसलाई निरुत्साहित गर्न कुनै निकायले सकेका छैनन् । “मानिसहरु आफू बाँच्न र आफ्नो धनसम्पत्ति जोगाउन जोखिम मोल्न बाध्य छन्,” न्यौपाने भन्नुहुन्छ– “यस्तो कार्यलाई निरुत्साहित गर्ने काम सरकारी निकायको हो । जनचेतना पनि जगाउन आवश्यक छ । तर, दीर्घकालीन रुपमा समाधान दिन नसक्नेहरु गाउँमा गएर घेराबारा नगर भन्नै सक्दैनन् ।”

डिभिजन बन कार्यालय झापाका सूचना अधिकारी अमृतबहादुर लिम्बुले सीमा क्षेत्र र जंगल बाहिर हात्ती छेक्न सरकारले नै विद्युतीय घेराबारा गरेको जनाउँदै निजी घरमा तार बिछ्याएर घेराबारा गर्ने कार्य बारे कुनै जानकारी नभएको बताउनुभयो ।

सम्बन्धित खबर