मङ्गलवार, फागुन २६, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

गाजा सहर नष्ट हुनसक्छ : इजरायली रक्षामन्त्री

शुक्रवार, भदौ ६, २०८२

गाजा पट्टी, ६ भदौ: इजरायलका रक्षामन्त्री इजरायल काट्जले शुक्रबार हमासले इजरायलको सर्तहरू स्वीकार नगरे गाजा सहर पूर्ण रूपमा नष्ट हुनसक्ने चेतावनी दिनुभएको छ । उहाँका अनुसार देशले यस क्षेत्रमा थप ठूलो आक्रमणको तयारी गरिरहेको छ ।
 
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा सहर कब्जा गर्न सेनालाई ठूलो कारबाहीको अनुमति दिएको भोलिपल्ट, रक्षामन्त्री काट्जले गाजाको सबैभन्दा ठूलो सहर पनि ‘रफाह र बेत हानुन’ जस्तै भग्नावशेष बन्न सक्ने चेतावनी दिनुभयो । यी दुवै स्थान युद्धको सुरुमा नै ध्वस्त भएका थिए ।
 
“हमासका हत्यारा र बलात्कारीहरूले युद्ध अन्त्यका लागि इजरायलका सर्तहरू स्वीकार नगरेसम्म गाजामा उनीहरूको टाउकोमा नरकको ढोका चाँडै खुल्नेछ”, काट्जले एक्समा लेख्नुभयो ।
 
उहाँले युद्धविरामका लागि इजरायलले राखेको माग सबै बन्धकहरूको रिहाइ र हमासको पूर्ण निःशस्त्रीकरणलाई दोहोर्‍याउनुभयो ।  तर हमासले भने बन्धकहरूलाई युद्ध अन्त्यको सर्तमा मात्र छोड्ने जनाएको छ र प्यालेस्टिनी राज्य गठनबिनै निःशस्त्रीकरण अस्वीकार गरेको छ ।
 
गाजा सहरमा ठूलो स्तरको अपरेसन केही दिनमै सुरु हुनसक्ने अनुमान छ । गाजा सहर हमासको प्रमुख सैन्य र प्रशासनिक गढ मानिन्छ । यहाँ इजरायलको विश्वास अनुसार व्यापक भूमिगत टनेल नेटवर्क छ । यस क्षेत्रमा अझै पनि लाखौँ नागरिक बसोबास गर्छन् र केही महत्त्वपूर्ण पूर्वाधार तथा स्वास्थ्य सुविधा बाँकी छन् ।
 
हमासले यसै हप्ता अरब मध्यस्थकर्ताहरूको युद्धविराम प्रस्ताव मान्ने जनाएको थियो । यदि इजरायलले उक्त प्रस्ताव स्वीकृत गर्‍यो भने आक्रमण रोक्न सक्ने सम्भावना छ । तर पक्षहरूले प्रत्यक्ष वार्ता नगरेका कारण यस्ता घोषणा अघिल्ला पटकजस्तै असफल हुने आशङ्का पनि छ ।
 
प्रस्तावले बन्धक–कैदी आदानप्रदान, इजरायली सेनाको चरणबद्ध फिर्ता र दीर्घकालीन युद्धविरामका लागि निरन्तर वार्ता गर्ने योजना समावेश गरेको छ । तर यसअघि नेतान्याहुको गठबन्धनभित्रै विभाजन र दक्षिाणपन्थी कडा दबाबका कारण त्यस्तै सम्झौता असफल भएको थियो ।
 
सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वका लडाकूहरूले गरेको आक्रमणपछि अझै जीवित रहेका करिब २० जना बन्धकलाई यस पटकको आक्रमणले खतरा बढाउने इजरायलीहरूको डर छ । सहायता संस्था र अन्तर्राष्ट्रिय नेताहरूले गाजाको मानवीय सङ्कट अझ गहिरिन सक्ने चेतावनी दिएका छन् ।
 
निकासी गर्ने नागरिकहरूको व्यवस्थापन अत्यन्त कठिन हुने अपेक्षा गरिएको छ । गाजामा कतै पनि सुरक्षित नभएकाले धेरै बासिन्दाले बारम्बार विस्थापन व्यर्थ भएको बताएका छन् । चिकित्सा समूहहरूले बिरामीलाई आवश्यक सुविधान नभएको दक्षिणतर्फ सार्ने इजरायलको आग्रह व्यवहारमा असम्भव भएको भन्दै चेतावनी दिएका छन् ।
 
तर नेतान्याहुले यो आक्रमण नै बन्धकहरूलाई मुक्त गर्ने र हमासलाई कमजोर पार्ने एक मात्र निश्चित उपाय भएको तर्क गर्नुभएको छ । “यी दुई कुरा— हमासलाई पराजित गर्नु र हाम्रा सबै बन्धकलाई मुक्त गर्नु—सँगै अघि बढ्छन्”, नेतान्याहुले बिहीबार दक्षिणी इजरायल नजिकैको कमान्ड सेन्टर भ्रमणका क्रममा भन्नुभयो ।
सम्बन्धित खबर