शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

लिपुलेकका विषयमा भारत र चीनबीचको सम्झौता स्वीकार्य छैनः सांसदहरु

शुक्रवार, भदौ ६, २०८२

काठमाडौँ, ६ भदौः प्रतिनिधिसभामा भारत र चीनबीच नेपालको लिपुलेक क्षेत्रलाई व्यापारिक मार्ग बनाउने भनि गरिएको सहमति कुनै पनि हालतमा स्वीकार्य नभएको सांसदहरुले बताउनुभएको छ । 
 
प्रतिनिधिसभाको आजको बैठकमा भाग लिने अधिकांश सांसदहरुले नेपालको भूमि फिर्ता ल्याउन सरकारको दरिलो कूटनीतिक पहलका लागि अनुरोध गर्नुभयो । प्रतिनिधिसभा सदस्य तारा लामाले  नेपालको लिपुलेख भएर भारत र चीनले व्यापार गर्ने विषय नेपाललाई कुनै पनि हालतमा मान्य नभएको बताउनुभयो । 
 
उहाँले भन्नुभयो, “लिपुलेक नेपालको अभिछिन्न भूभाग हो । त्यो भूमि फिर्ताका लागि सरकारले दरिलो कूटनीतिक पहल गर्न सभामुखमार्फत सरकारलाई अनुरोध गर्दछु ।”
 
सांसद दुर्गा राई नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाभिमानलाई आँच पुग्ने गरी भारत र चीनले नेपालको  लिपुलेक प्रयोग गर्ने सहमति सम्झौता मान्य नहुने उल्लेख गर्नुभयो ।
 
उहाँले भन्नुभयो, “सत्तापक्ष र प्रतिपक्षबीच यस विषयमा  एक पटक फेरि राष्ट्रिय सहमति कायम गरौ । भूगोलमा सानो भएपनि नेपाल सार्वभौम छ, लिपुलेकका सम्बन्धमा भारतको दाबी सत्यता र प्रमाणमा आधारित छैन, एकतर्फी कृत्रिम दाबी नेपालाई स्वीकार्य हुँदैन, यस विषयमा कूटनीतिक पहल गर्न ढिलाइ गरिनु हुन्न ।”
 
सांसद नारायणी शर्माले लिपुलेक, कालापानी र लिम्पीयाधुरा नेपालकै अभिन्न भूभाग भएकाले भारत र चीनले नेपालसँग कुनै छलफल नगरी दुई देशबीच व्यापारिक मार्ग सञ्चालनका लागि भएको सहमतिलाई स्वीकार्य गर्न नसकिने बताउनुभयो । उहाँले सवै राजनीतिक दलले एउटै सङ्कल्प गरेर प्रधानमन्त्रीको नेतृत्वमा समस्या समाधानका लागि पहल गर्न आग्रह गर्नुभयो । 
 
सांसद नैनकला थापाले सार्वभौम र स्वाधिन नेपालीलाई लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिले चिन्तित बनाएको बताउनुभयो । उहाँले चीन र भारतले नेपालाई हेप्ने प्रवृत्ति देखाएकाले त्यो सोच तत्काल सच्याउन आवश्यक रहेको धारणा राख्नुभयो । 
 
सांसद प्रभु हजाराले नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूभाग भएपनि नेपाल र भारतले नेपालसँग कुनै परामर्श नगरी त्यस क्षेत्रमा व्यापारिक नाका बनाउने निर्णय नेपालीका लागि अमान्य रहेको प्रतिक्रिया दिनुभयो ।
 
सांसद देवेन्द्र पौडेलले हरितालिका विशेष अवसरमा सम्पूर्ण नेपालीजनप्रति शुभकामना व्यक्त गर्दै ढोरपाटन शिकार आरक्ष जाने सडक अस्तव्यस्त रहेकाले मर्मत र सुधारका लागि ध्यानाकर्षण गराउनुभयो । 
 
सांसद ठाकुर गैरेले तीजका नाममा अहिले पनि कतिपय सामन्ति अवशेषका प्रवृत्तिका कारण भड्किलो, खर्चिलो, रवाफिलो बन्दै गएकाले सुधारको खाँचो औल्याउनुभयो । उहाँले सामाजिक एकतालाई बलियो बनाउँदै राष्ट्रिय हितको पक्षमा सामाजिक न्याय, लोकतन्त्र, जनजिविका र सुशासनको पक्षमा तीजले एकताबद्ध  तुल्याउने विश्वास व्यक्त गर्नुभयो ।
 
सांसद नारायणप्रकाश साउदले विद्यालय शिक्षा विधेयक पारित गरे पनि सवैलाई स्वीकार्य गरी अघि बढाउन पर्ने सुझाव दिनुभयो ।
 
सांसद नारायणप्रसाद आचार्य पाल्पाको रामपुर खण्डको सडक, कृषि, नगदेवाली र शिक्षा क्षेत्रमा ठूलो महत्व राख्ने भएकाले समयमै मर्मत र सुधारका लागि अनुरोध गर्नुभयो ।
 
सांसद पुष्पबहादुर शाहले राष्ट्रिय परिचय पत्र बनाउन जाने क्रममा यसै साता पनि ज्येष्ठ नागरिकको लडेर मृत्यु भएकाले घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितणको व्यवस्थाका लागि अनुरोध गर्नुभयो ।
 
सांसद प्रकाश ज्वालाले जाजरकोट केन्द्रवीन्दु भएर गएको  भूकम्पमा सल्यान जिल्लामा पनि पूर्वाधार क्षेत्रमा ठूलो नोक्सानी भएकाले सरकारले त्यसमा समेट्न, छिटो पुनः निर्माणका कार्यक्रम सञ्चालन गर्न र जिल्लामा दमकलको व्यवस्था गर्न  सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
सांसद प्रतिक्षा तिवारीले तीजका उपलक्ष्यमा सबैमा शुभकामना व्यक्त गर्दै नजिकँदो चाडबाडका अवसरमा  अत्यावश्यक वस्तुमा हुन क्ने मूल्यबृद्धि, कालोबजारी र कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमनको माग गर्नुभयो ।
 
सांसद प्रेम महर्जनले  भारत र चीनसँग नेपालका घनिष्ठ सम्बन्ध रहेकाले नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन दरिलो कूटनीतिक प्रयासको खाँचो औल्याउनुभयो ।
सम्बन्धित खबर