आइतवार, फागुन २४, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिर्तामोड मुक्तिचोकमा ओभरपास निर्माण हुने

शुक्रवार, भदौ ६, २०८२

बिर्तामोड, ६ भदौ : झापा बिर्तामोडका व्यवसायीहरुले यस क्षेत्रमा एसियन हाइने कस्तो बन्छ भन्ने बारे चासो व्यक्त गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले शुक्रवार अतिथि सदनमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा यहाँका व्यवसायी, सरोकारवालाले एसियन हाइवे र शान्ति सुरक्षाका बारेमा चासो दिएका हुन् ।

नजिकिदैं गरेको दशैमा सडक निर्माणको असर र बन्ने संरचनाका बारेमा व्यवसायीहरुले चासो दिएका हुन् । बढ्दै गइरहेको बिर्तामोड बजारमा चोक क्षेत्रमा बन्ने संरचनाले व्यवसायमा असर गर्न सक्ने चिन्ता समेत व्यक्त गरिएको छ ।
आयोजनाका परामर्शदाता ई. मानबहादुर गमरले बिर्तामोडको मुक्तिचोकमा ओभरपास बन्ने व्यवसायीहरुलाई जानकारी गराए । पश्चित तर्फ ३९० मिटर र पूर्व तर्फ २०० मिटर लम्वाईको ओभर पास बन्ने जानकारी दिएका छन् । दुवै भागको ६० र ५५ मिटरमा अण्डरपास समेत हुने छ ।

ओभरपासमा वारीपारी गर्नलाई सो अनुसारको संरचना समेत निर्माण गरिने बताइएको छ । यस क्षेत्रका व्यवसायीहरुले पर्खालको बदलामा पिलर हुनुपर्ने माग गर्दै आएका थिए । ओभरपासको दुवै भागमा रहने पर्खालले उत्तर र दक्षिण तर्फ छेकिने छ ।


यस खण्डमा बिर्तामोड, चारपाने र चारआलीमा ओभरपास हुने बताइएको छ । एडिवीको ऋणमा बन्ने पूर्व खण्डको दुरी ४५ किमि रहेको छ । सन् २०२७ मा सम्पन्न गर्नुपर्ने आयोजनामा ट्राफिक लाइट, फुटपाथ, अण्डरपास, ६ वटा सिग्नेचर पुल र वन्यजन्तु वारपार गर्ने संरचनाहरु हुने छन् । सो सडक निर्माणका क्रममा व्यवसायीहरुले विजुली, पानीसहित अत्यावश्यक पूर्वाधारमा क्षति नगर्न आग्रह गरेका छन् ।

सार्वजनिक सुनुवाईमा पार्किङको व्यवस्थापन नभएको, सडक वत्तीमा समस्या रहेको, लागुऔषधको कारोवार बढेको, राती युवाहरु रक्सी खाएर होहल्ला गर्ने गरेको, क्यासिनो व्यवसायीहरु मारमा परेको, अटोले धेरै भाडा लिएको, स्कुल बसले सिट क्षमताभन्दा धेरै विद्यार्थीहरु बोकेको लगायतका समस्याहरु उठाइएको थियो ।

प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले सडक निर्माणमा विशेष सतर्कता अपनाएर काम गर्न आग्रह गर्नुभयो । उहाँले व्यवसायीहरुलाई मार नपर्ने गरी सुरक्षित ढंगबाट काम गर्न सूझाव दिनुभयो । बजार क्षेत्रको निर्माणलाई ढिलासुस्ती नगरी काम गरेर व्यवसायीहरुलाई सहयोग गर्नुभएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले नेपालीहरुलाई क्यासिनो बन्देज भएको बताउनुभएको छ । बन्देज भएको ठाउँमा जान नहुने उहाँको सूझाव छ । उहाँले क्यासिनो गएर कसैले पनि कमाएर नआउने स्पष्ट बनाउनुभयो । सिडिओ अधिकारीले भन्नुभयो, क्यासिनो खेलेर घर, जग्गा जोडेको सुनेको छैन । लागुऔषधको सम्बन्धमा उनले सर्वसाधारणबाट प्रश्न उठेपछि प्रहरीले थप निगरानी बढाउने जानकारी दिनुभयो ।


काँकरभिट्टा–लौकही सडक योजना पूर्वी खण्डका योजना प्रमुख ई.सुनिलबाबु पन्तले यहाँ बन्ने संरचनाका बारेमा जानकारी दिएनुभयो । व्यवसायी एवम् सरोकारवालाहरु निर्मल भट्टराई, ओमकृष्ण विमली, पार्वता विमली, सुरेशकुमार अग्रवाल, प्रशान्त भण्डारी, राजु ओली, मदनगोपाल सुब्बा, राधा सुब्बा, रञ्जु प्याकुरेल लगायतले जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहित जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बू, एशियन हाइवे पूर्वी खण्डका प्रमुख सुनिल बाबु पन्त, नेपाल विद्युत प्राधिकरण अनारमनीका प्रमुख सञ्जीवकुमार साह लगायतले सहभागीले उठाएका जिज्ञासाको उत्तर दिनुभएको छ ।

बिर्तामोड वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईको सञ्चालन महासचिव कुशल खतिवडाले गर्नुभएको थियो ।

सम्बन्धित खबर