Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
विपिन जोशीको उद्धारमा कुनै कसर बाँकी छैन : प्रधानमन्त्री ओली
शनिवार, भदौ ७, २०८२
काठमाडौं, ७ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा अपहरणमा परेका नेपाली युवा विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै विपिनको आमा र बहिनीसँग भेट भएको फोटो राख्नु भएको छ । 'विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उहाँहरूसँग भेट भयो‘ प्रधानमन्त्री ओलीले लेख्नु भएको छ ।
प्रधानमन्त्री ओलीका अनुसार विपिनको सकुशल उद्धार र फर्काइका लागि सरकार सक्रियतापूर्वक लागेको छ । विपिनका आमा र बहिनीले इजरायलबाट फर्किएपछि प्रधानमन्त्रीलाई भेट्नु भएको हो । ‘विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसद्का अध्यक्षसँग भेटेर फर्कनु भएको थियो,विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन’, ओलीले लेख्नुभएको छ।
उहाँले नेपाली पक्षले यस प्रकरणलाई प्राथमिकताका साथ अघि बढाएको स्पष्ट पार्दै सरकारको जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गर्नुभएको छ ।
तनहुँ जिल्लाका २२ वर्षीय विपिन उच्च शिक्षा र रोजगारीका लागि इजरायल गएकामा उहाँ गत वर्ष अक्टोबरमा हमास आतङ्ककारी समूहको आक्रमणपछि अपहरणमा परेको पुष्टि भएको छ । आक्रमणमा नेपालका १० जना विद्यार्थीको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । त्यही घटनामा विपिनलाई हमासले अपहरण गरेर लगेको थियो । त्यसपछि उहाँको उद्धारका लागि निरन्तर प्रयास भइरहेको छ ।