Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
ताप्लेजुङमा वडाध्यक्षमाथि सांघातिक हमला, बीएण्डसी अस्पताल रेफर
आइतवार, भदौ ८, २०८२
ताप्लेजुङ, ८ भदौ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य टेकेन्द्र सेन्दाङमाथि अज्ञात समूहले सांघातिक आक्रमण गरेका छन्।
घटना हिजो साँझ करिब ६:३० बजे फुङलिङ नगरपालिका–४, तोक्मेडाँडामा भएको हो। करिब ४–५ जनाको समूहमा आएका युवाहरूले एक्कासी वडाध्यक्ष सेन्दाङमाथि आक्रमण गरी कुटपिट गरेका थिए।
आक्रमणबाट घाँटीसहित शरीरका विभिन्न भागमा चोट लागेका सेन्दाङलाई प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल ताप्लेजुङमा भर्ना गरियो। त्यहाँबाट थप उपचारका लागि उनलाई बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेफर गरिएको छ।
आक्रमणमा संलग्न व्यक्तिहरू हाल फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।