Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
खोटाङको साकेलामा श्रमदान अभियान
आइतवार, भदौ ८, २०८२
खोटाङ, ८ भदौ : साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी रहेको छ ।
अभियानमार्फत वर्षाले बिगारेको सडक मर्मत, ग्रामीण सडकको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको बोटबिरुवा हटाउने, सडक किनारामा फालिएका फोहरमैलाको उचित व्यवस्थापन गर्ने तथा सडक आसपास विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्नेलगायत काम थालिएको हो ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राई सहित श्रमदान अभियानमा स्थानीय नागरिक पनि प्रत्यक्ष जोडिएर सफा र सुन्दर पालिका निर्माण अभियानमा जुटेका छन् । गाउँपालिकामा उपलब्ध उपकरण र केही प्राविधिक तथा कर्मचारीको साथमा दिनहुँ जनश्रमदान गरिरहेका छन् ।
अध्यक्ष राईले स्थानीय नागरिकलाई आवतजावतमा सास्ती नहोस् भन्ने हेतुले केही कर्मचारीको साथमा कहिले मुख्य त, कहिले शाखा सडक मर्मत गरिरहेको बताउनुभयो ।
साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक, बाँझेच्यानडाँडा–रतन्छा–मानेभञ्ज्याङ सडक, कात्तिके–सोस्तुङ–रतन्छा नैनेपाटी सडकलगायत पालिकाभित्रका बजार, उद्यान, कार्यालय र सार्वजनिकस्थलको सरसफाइ गर्नुका साथै उक्त स्थानमा विभिन्न प्रजातिका बोटबिरुवा रोपिएका छन् । अभियानमा उपाध्यक्ष बिर्सिका राई र वडाध्यक्षको सहभागिता रहेको छ ।