Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
मेची भन्सार कार्यालय: आयात र निर्यात घट्यो
सोमवार, भदौ ९, २०८२
झापा, ९ भदौः चालु आर्थिक वर्ष २०८२/ ८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट रु तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् ।
यो गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागार्इंले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा रु तीन अर्ब ८८ करोड ४३ लाख बराबरको बस्तु तथा सामान आयात भएको थियो ।
चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको साउनमा रु एक अर्ब ५४ करोड २८ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा रु एक अर्ब ८० करोड ८२ लाखको बस्तु तथा सामान निर्यात भएको थियो ।
कार्यालयका अनुसार चालु आवको साउन महिनामा आयात र निर्यातबाट हुने राजस्व भने रु १५ करोड १८ लाखले बढेको छ । गत आव २०८१/८२ को साउन महिनामा रु एक अर्ब ११ करोड ३२ लाख राजस्व सङ्कन भएको थियो ।