Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ : गगन थापा
सोमवार, भदौ ९, २०८२
काठमाडौँ, ९ भदौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको राजनीतिक नेतृत्वले अब अलमल र व्यक्तिगत महत्वाकाङ्क्षाबाट मुक्त हुनुपर्ने बताउनुभएको छ ।
आज यहाँ आयोजित कवि दीर्घबहादुर शाही ‘डोक्का घरे’द्वारा लिखित मुक्तक सङ्ग्रह ‘जीवन एक विम्ब अनेक’ विमोचन कार्यक्रममा उहाँले अलमलबाट देश मुक्त हुनुपर्नेमा जोड दिनुभयो । “विसं २०८४ मा मेरो पालो आउँला/नआउला भन्ने सोचबाट बाहिर निस्कनुपर्छ,” उहाँले भन्नुभयो, “डर र लोभबाट टाढा रहनुपर्छ । बरु पाँच वा दश वर्ष कुर्नुपरे पनि मनभित्रको दियो निभ्न दिनु हुँदैन । महत्वाकाङ्क्षी धेरै राख्नु हुँदैन ।”
नेता थापाले सिर्जनशीलता र साहित्य समाजलाई अगाडि बढाउने प्रेरणाको स्रोत भएको उल्लेख गर्दै कवि शाहीको मुक्तक सङ्ग्रहले नेपाली साहित्यमा नवीन ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष मनोजमणि अधिकारीले लोकतन्त्र र साहित्यबीच गहिरो सम्बन्ध रहेको बताउँदै यस कृतिले साहित्यप्रेमीलाई नयाँ दृष्टिकोण दिने अपेक्षा व्यक्त गर्नुभयो ।
कवि शाहीले आफ्नो मुक्तक सङ्ग्रहमा जीवनका विविध आयाम, सङ्घर्ष र अनुभूतिलाई समेट्ने प्रयास गरिएको बताउनुभयो । कार्यक्रममा साहित्य, राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूको उपस्थिति रहेको थियो ।