Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
धुलाबारीमा बाटो पिच गर्ने क्रममा आगलागी, एक जना गम्भीर घाइते
मङ्गलवार, भदौ १०, २०८२
झापा, १० भदौ : मेचीनगर ९ धुलाबारीस्थित भित्री सडक खण्डमा बाटो पिच गर्ने क्रममा भएको आगलागीमा परेर एक जना सख्त घाइते हुनुभएको छ। सिरहा जिल्ला लक्ष्मीपुर पतारी–६ घर भइ निर्माण कार्यमा खटिनु भएका उमेशकुमार राय आगो निभाउने क्रममा घाइते हुनुभएको हो। उहाँको अनुहार, दुवै हात र खुट्टा पोलेको झापा प्रहरीले जनाएको छ।
घाईतेको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भईरहेको छ । आगो स्थानीय, सुरक्षाकर्मी र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा सोमबार राति साढे ९ बजे नियन्त्रणमा आएको थियो।
विश्व बैंकको सहयोगमा निर्माण भइरहेको सो सडक खण्डमा कञ्चन निर्माण सेवाले पिच गरिरहेको समयमा आगलागी भएको हो। अलाकत्राको ट्यांकर पूर्ण रूपमा जलेको छ भने चालक सकुशल रहेको प्रहरीले जनाएको छ। क्षतिको विवरण संकलन कार्य भइरहेको छ।