शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

नेपालमा प्योर ईभी ईप्लुटो ७ जी प्रोको बिक्री शुरु

शुक्रवार, जेठ ५, २०८०

बिर्तामोड । बिद्युतीय सवारी साधन उत्पादक कम्पनी ‘प्योर ईभी’ ले उत्पादन गरेको ‘ईप्लुटो ७ जी प्रो’ स्कुटर नेपालमा लञ्च गरेको छ ।
हालसम्म उपलब्ध बिद्युतीय स्कुटर मध्येको सबैभन्दा शक्तिशाली स्कुटर नेपाली बजारमा आएको हो । कम्पनीका अनुसार यो स्कुटर बिभिन्न मोडमा १०० देखि १५० किलोमिटर दौडाउन सकिन्छ ।
यस मोडलको स्कुटरमा बीएमएस र ब्लुटुथ कनेक्टिभिटीको साथ एआइएस १४६ प्रमाणित छ । ३.० किलोवाट ब्याट्री क्षमता रहेको स्कुटरमा इकोड्राफ्ट प्लेटफर्ममा प्रयोग गरी प्रमाणित गरिएको कम्पनीको भनाई छ ।
‘यो जी ७ मोडलको अपग्रेड गरिएको संस्करण हाम्रो नवप्रवर्तन, दिगोपन र उत्कृष्ठताको निरन्तर प्रयासको नयाँ परिणाम हो, कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोहित बडेराले भने–‘यस महिनामा नेपालीभरी २ हजार वटा यो स्कुटर बिक्री हुनेमा हामी बिश्वस्त छौं ।
यस उत्पादनको वाइट लोटस मोटर्सले बिक्री गरिरहेको छ । आधिकारीक बिक्रेता वाइट लोटस मोटर्सका कार्यकारी प्रमुख अशोक खड्गीका अनुसार यसअघि सोही कम्पनीको उत्पादन इप्लुटो ७ जी र इन्ट्रान्स एनइओको भब्य सफलतापछि आएको अपग्रेड भर्सनले पनि ग्राहकको मन जित्न सफल हुने छ । कालो, खैरो र सेतो रङमा उपलब्ध यस उत्पादनले नेपाली ग्राहकको मन जित्ने दावी उनले गरेका छन् ।

सम्बन्धित खबर