Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
नेप्से परिसूचकमा ५३ उच्च अङ्कको सुधार
बुधवार, भदौ ११, २०८२
काठमाडौँ, ११ भदौः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ५३ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ८१९ दशमलव १० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको सुधार हो ।
आज ३२१ कम्पनीको एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर ७२ हजार ५२८ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ दशमलव ७० को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ एक दशमलव ३८, विकास बैंक तीन दशमलव ४०, वित्त एक दशमलव ९८, होटल तथा पर्यटन एक दशमलव ६६, जलविद्युत् एक दशमलव ८५, लगानी दुई दशमलव १९ र जीवन बिमा समूह दुई दशमलव २१ प्रतिशतले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन दुई दशमलव ६९, लघुवित्त एक दशमलव शून्य नौ, म्युचुअल फण्ड शून्य दशमलव ४७, निर्जीवन बिमा एक दशमलव ६८, व्यापार दुई दशमलव ६८ र अन्य समूह दुई दशमलव १४ प्रतिशतले बढेको छ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी केबिएल डिबेञ्चर–२०८६ को शेयर मूल्य पाँच दशमलव ७९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ६५ करोड ४२ लाख ७४ हजार २५५ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा ग्रीन भेन्चर लिमिटेडको आठ लाख ४६ हजार ६२३ कित्ता शेयर किनबेच भएको छ ।