Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
आजदेखि नेपालसहित विश्वका ४० भन्दा बढी देशमा “कोशेढुंगा” प्रदर्शन हुने
बिहिवार, भदौ १२, २०८२
काठमाडौं, १२ भदौ : सरोज पौडेलको निर्देशनमा बनेको बहुप्रतिक्षित नेपाली सिनेमा “कोशेढुंगा” आजदेखि नेपालसहित ४० भन्दा बढी देशमा एकैसाथ प्रदर्शन हुने भएको छ।
सिनेमाले जाँचपास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट पाएको छ, जसका कारण सबै उमेर समूहका दर्शकले हेर्न सक्ने भएका छन्। टिजर, ट्रेलर र गीत–संगीतले दर्शकको मन जितिसकेको अवस्थामा रिलिज हुन लागेको यो सिनेमा व्यावसायिक सफलता हासिल गर्ने अपेक्षा गरिएको छ।
महिला प्रधान यो सिनेमामा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायत कलाकारको अभिनय रहेको छ।
सिनेमामा प्रेविल कँडेल र किशोर अनुराग निर्माता, दिनेश खड्का कार्यकारी निर्माता, बाबु श्रेष्ठ छायाङ्कनकर्ता, नहकुल खड्का सम्पादक, तथा आशिष अविरल र रिदम कँडेल संगीतकार रहेका छन्।
अन्तर्राष्ट्रिय वितरण अधिकार प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले लिएको छ। कम्पनीका अनुसार “कोशेढुंगा” नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० मुलुकमा आजदेखि एकैसाथ प्रदर्शन हुने भएको हो।
स्याङ्जाको आधिखोला, त्रिवेणी, सिरुवारी र काठमाडौंमा छायाङ्कन गरिएको यो सिनेमा, किर्तिमानी सिनेमा ‘पूर्ण बहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलकै लेखन तथा निर्देशनमा बनेको हो।