Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
रोकिराखेको बससँग स्कूटर ठोक्किँदा दुई युवाको मृत्यु
शुक्रवार, भदौ १३, २०८२
काठमाडौँ, १३ भदौः काठमाडौँको जडिबुटीमा रोकिराखेको बसमा स्कूटर ठोक्किँदा स्कूटरमा सवार दुई जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान पुल नजिकै सडकछेउमा पार्किङ गरिराखिएको बा प्र ०१–००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसको पछाडिपट्टि लु ४३ प ४९३८ नम्बरको स्कूटर ठोक्किएको थियो।
ठक्करबाट स्कूटर चालक र पछाडि सवार व्यक्ति दुवै घाइते भएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिल बोहराका अनुसार घाइतेलाई तत्काल ट्रमा सेन्टर लगिएको थियो।तर, उपचारका क्रममा दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।