Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
नेपाली मजदुर कामबाट निकालिएपछि पुजा प्लाई उद्योगमा तालाबन्दी
आइतवार, जेठ ७, २०८०
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर २ मा रहेको पुजा प्लाई उद्योगमा मजदुरहरुले तालाबन्दी गरेर काम ठप्प बनाएका छन् । उनीहरुले आज आइतबार गेटमा तालाबन्दी गरी काम ठप्प बनाएका हुन् ।
उद्योगमा कार्यरत भारत बिहार घर भएका अन्दाजी ४५ वर्षिय पुरुषले सोही उद्योगमा कार्यरत एक महिलालाई गत शुक्रवार दुर्व्यवहार गरेको र प्रहरीमा जाहेरी दिएर पक्राउ गरिसकेको अवस्थामा नेपाली ३० जना स्थानीय मजदुरलाई कामबाट निकालिएपछि आन्दोलन शुरु भएको हो ।
मजदुरहरुले विहानै देखि गेटमा तालावन्दी गरेर पुर्नवहालीको माग गर्दै आन्दोलन गरेका हुन् । उनीहरुले तालावन्दी पछि वडा नम्बर २को कार्यालयमा पुगेर न्यायको माग गर्दै निवेदन समेत दर्ता गराएका छन् । उद्योगमा करिब चार सय जना मजदुर कार्यरत छन् । जसमध्ये ३० जना बाहेक सबै भारतीय रहेको बुझीएको छ । कामबाट निकालिएका मजदुरलाई पुनर्वहालि नगरी उद्योग सञ्चालन हुन नदिने एक मजदुरले जानकारी दिए ।
वडा नम्बर २का वडाअध्यक्ष किशोर पौडेलले घटनाको विषयमा आफुलाई जानकारी भएको बताउनु भयो । उहाँले दोषीलाई कानून वमोजिम कार्वाहि हुनु पर्ने र मजदुरलाई काम फर्काउनु पर्ने बताउनु भयो । वडाअध्यक्ष पौडेलले पीडकलाई प्रहरीले पक्राउ गरेकै विषयमा स्थानीय मजदुर निकालेर भारतीय मजदुरमात्र उद्योगमा राख्नु जायज नभएको बताउनु भयो । यो उद्योग सन्तोष उप्रेती, मिलन काफ्ले लगायतको टिमले सञ्चालन गर्दै आएको छ ।