Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
व्यवसायी प्रसाईँको मृत्यु शंकास्पद
शनिवार, भदौ १४, २०८२
बिर्तामोड, १३ भदौ : झापाको बिर्तामोड नगरपालिका–२ स्थित ड्रिमल्याण्ड पार्कभित्रको स्वीमिङ पुलमा एक युवा व्यवसायीको शंकास्पद मृत्यु भएको छ । बिर्तामोड ३ निवासी ३३ वर्षीय प्रकाश प्रसाईँ शुक्रबार बेलुका मृत अवस्थामा फेला परेका हुन् ।
प्रसाईँ ओमकार रेडिमिक्स र बुलडक्स पेवर्सका सञ्चालक समेत हुन् । उनी साथी बिर्तामोड १० का केशव शिवाकोटीसँग दिउँसो करिब ३ बजे पार्कमा पुगेका थिए । पौडी खेल्ने क्रममा मृत्यु भएको भन्दै पार्क सञ्चालक जीवन ढुङ्गानाले राति ८ बजे प्रहरीलाई खबर गरेका थिए ।
घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धान जारी रहे पनि घटनाको प्रकृति शंकास्पद भएको परिवारको दाबी छ ।
साढे ३ फिट मात्र गहिराइ भएको पुलमा पौडी खेल्न जान्ने व्यक्तिको मृत्यु हुनु, सो समयमा हेरालु रहँदा पनि कसैले नदेख्नु, तत्काल प्रहरीलाई नभई ढिलो गरी खबर गरिएको जस्ता विषयले परिवारलाई शंका थपिएको छ ।
घटना शंकास्पद भएको भन्दै परिवारले शवलाई पोष्टमार्टमका लागि धरान पठाएको छ । परिवारका सदस्यका अनुसार प्रसाईँको मृत्यु प्राकृतिक नभई नियोजित हुनसक्ने सम्भावना छ ।
प्रहरीले घटनामा संलग्न हुनसक्ने आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।