Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
बिर्तामोड नगर खेलकुद विकास समितिद्वारा खेलाडीलाई सम्मान
बिहिवार, जेठ ११, २०८०
बिर्तामोड । झापाका तीनजना फुटबलर गृहनगरमा सम्मानित तथा पुरस्कृत भएका छन् । सम्मानित तथा पुरस्कृत हुनेहरुमा राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटुवाल, युवा फुटबलर निशान खड्का र अभिषेक बराल छन् ।
उनीहरुलाई बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम कर्पोरेट सुपरसिक्स क्रिकेट प्रतियोगिता समापन कार्यक्रमका विच सम्मान गरिएको अध्यक्ष विकास गिरीले जानकारी दिए । तीनै जनालाई नगद ११ हजार र सम्मानपत्र प्रदान गरिएको सदस्य विशाल अग्रवालले बताए । कटुवाल बिर्तामोड १० तथा खड्का र बराल बिर्तामोड ५ का स्थायी बासिन्दा हुन् ।
साहि कार्यक्रमका विच डोमालाल राजवंशी रंगशालाको जग्गा दाताको परिवार भिम राजवंशीलाई पनि सम्मान गरिएको छ । राजवंशीलाई नगद ५ हजार एक सय सहित सम्मान पत्र प्रदान गरियो ।
कार्यक्रममा कटवाल उपस्थित थिए भने खड्का र बराल ए डिभिजन लिगका कारण आउन सकेनन् । सम्मानित कटुवाल र राजवंशीलाई नगर उपप्रमुख नगेन्द्र संग्रौलाले सम्मानपत्र प्रदान गरेका थिए ।