बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

सूर्योदय क्विजको उपाधि मेची बहुमुखी क्याम्पसले जित्यो

शुक्रवार, जेठ १२, २०८०

झापा । बितामोडमा मुख्य कार्यालय रहेको सूर्योदय टेलिभिजनको लोकप्रिय कार्यक्रम एनएमसी सूर्योदय क्विजको सातौं श्रृंखलाको उपाधि मेची बहुमुखी क्याम्पस भद्रपुरले हात पारेको छ ।

शुक्रबार बिर्तामोडमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा मेची बहुमुखी क्याम्पसका प्रतियोगी विद्यार्थीहरू उत्कृष्ट बनेका हुन् । प्रतियोगितामा सुकुना बहुमुखी क्याम्पस मोरङ दोस्रो भएको छ । झापा बिर्तामोडको इन्द्रचन्द्र क्याम्पस तेस्रो भएको छ भने सुनसरी इटहरीको कोशी सेन्ट जेम्सले सान्तवना पुरस्कार हात पारेको छ ।

उपाधि हात पार्ने मेची बहुमुखी क्याम्पसले नगद ५० हजार, दोस्रो हुने सुकुना बहुमुखी क्याम्पसले नगर २५ हजार, तेस्रो हुने इन्द्रचन्द्र क्याम्पसले १५ हजार र सान्त्वना पुरस्कार पाउने कोशी सेन्ट जेम्सले नगर ५ हजारसहित ट्रपी तथा मेडल पाएका छन् । प्रतियोगी सबैलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, क्विज प्रतियोगिताको साझेदार सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, टेलिभिजनका अध्यक्ष मनोज उप्रेती, टेलिभिजनका प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती, प्रतियोगितका निर्णायक प्रेमसागर घिमिरेलगायतले पुरस्कार प्रदान गर्नु भयो ।


कोशी प्रदेशभरका एक सय भन्दा बढी क्याम्पसहरूको सहभागिता रहेको सूर्योदय क्विजको ग्रान्ड फिनालेमा चार क्याम्पसहरू पुगेका थिए । प्रतियोगिताको यस अघि प्रसारण भइसकेका एपिसोडको छायांकन सुनसरीको इटहरी र झापाको बिर्तामोडमा भएको थियो ।

सूर्योदय टेलिभिजनले नाफा घाटा केही नहेरी विद्यार्थीलक्षित कार्यक्रम उत्पादन गरेकोमा प्रतियोगिताको मूल साझेदार एनएमसीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले धन्यवाद दिनुभयो । आगामी बर्षहरूमा पनि आफ्नो संस्थाको सहकार्य रहने प्रतिवद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले अहिलेको अवस्थामा टेलिभिजन बाँच्न नै गाह्रो भएको अवस्थामा पनि अन्य टेलिभिजनले गर्न नसकेको काम सूर्योदय टेलिभिजनले गरिरहेको बताउनुभयो ।

प्रतियोगिताको अन्तिम छायांकनमा विभिन्न कलाकारहरूका गीत तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए । प्रतियोगिताको क्विज मास्टर हरिकृष्ण भण्डारी हुनुहुन्थ्यो भने औपचारिक कार्यक्रमको सञ्चालन टेलिभिजनका कर्पोरेट डाइरेक्टर याम बिमलीले गर्नु भएको थियो ।

सम्बन्धित खबर