सोमवार, चैत २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

लोपहुने अवस्थामा भोजपुरका पुस्तकालय

आइतवार, भदौ १५, २०८२

भोजपुर, १५ भदौः पछिल्लो समय आधुनिक प्रविधिको विकाससँगै पुस्तकालय सञ्चालनमा कमी हुँदै आएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बन्नुकासाथै प्रविधिको विकास हुनु, पठन संस्कृति लोप हुनुलगायत कारणले यहाँको श्रीराम अमर पुस्तकालयमा पठन संस्कृतिमा कमी हुँदै गएको हो ।
 
राणाकालमा स्थानीय नारदमणि थुलुङ, विचारीचन्द्र प्रसाद, इन्द्रप्रसाद श्रेष्ठ, जगदीश सापकोटालगायत युवाद्वारा पुस्तक सङ्कलन गरी श्रीराम पुस्तकालय सञ्चालन गरिएको थियो । उक्त पुस्तकालयले तत्कालीन शासकबाट विसं २००५ देखि सञ्चालनको अनुमति प्राप्त गरेको स्थानीय नवीन सुवालले बताउनुभयो । 
 
राणाविरोधी आन्दोलनमा ज्यान गुमाएका वीर अमर सहिदहरूको सम्झनामा विसं २०१० मा सदरमुकाममा श्री अमर सहिद पुस्तकालय स्थापना भएको थियो । तत्कालीन वडा कार्यालयले विसं २०१२ माघ २२ गते धार्मिक तरिकाबाट पुस्तकालय सञ्चालन गर्न अनुमति दिएका पुस्तकालयका ज्ञाता एवं स्थानीय शेरबहादुर मोक्तानले बताउनुभयो । उहाँले भवन अभाव, आर्थिक समस्या, प्रविधिको प्रयोग नहुनुलगायत कारणले यहाँका पुस्तकालय लोप हुने अवस्थामा पुगेका उल्लेख गर्नुभयो ।
 
पुस्तकको अभाव, आर्थिक समस्या, स्थान अभावलगायत कारणले दुवै पुस्तकालय सञ्चालनमा समस्या भएपछि विसं २०२३ माघ १६ गते श्री राम अमर सहिद नाममा रूपान्तरण गरी दुवै पुस्तकालय संयुक्त रूपमा सञ्चालन गर्न थालिएको पुस्तकालयका संरक्षकसमेत रहनुभएका मोक्तानले जानकारी दिनुभयो । 
 
विभिन्न चाडपर्व, देउसी, भैली, लाखे जात्रा प्रदर्शन तथा विभिन्न अवसरमा देखाइने नाटक, एकाङ्की प्रदर्शन तथा मञ्चनमार्फत भएको आम्दानी बचत गर्नुका साथै तत्कालीन जिल्ला पञ्चायतबाट आर्थिक सहयोगबाट आफ्नै भवन निर्माण गरिएको उहाँले बताउनुभयो । विसं २०४० भदौमा रु एक लाख १४ हजार लागतमा भवन निर्माण भएको थियो । 
 
जिल्ला प्रशासन कार्यालय, भोजपुरमा ‘संस्था दर्ता ऐन, २०३४’ अनुसार विसं २०३८ साउन ६ गते २ नं मा दर्ता भएको यो पुस्तकालय समाज कल्याण परिषद्मा ‘समाज कल्याण ऐन, २०४९’ अन्तर्गत दर्ता भएर प्रमाणपत्र प्राप्त गरेको छ । 
 
विसं २०७२ को भूकम्पले क्षति पु¥याएको पुस्तकालयको भवन पुनःनिर्माण नहुँदा नियमित सञ्चालनमा समस्या भइरहेको सञ्चालक समितिका अध्यक्ष सिरोज श्रेष्ठले बताउनुभयो । जीर्ण बनेको भवन पुनःनिर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा ऐतिहासिक पुस्तकालय लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।
 
पुस्तकालयमा ‘इ–लाइब्रेरी’ सञ्चालनका लागि काठमाडौँस्थित पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिरले दुई थान कम्प्युटर हस्तान्तरण गरे पनि भवन नहुँदा आधुनिक प्रविधिको प्रयोग गर्न नसकिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
 
तत्कालीन समयमा पुस्तकालयले विगतमा राजा वीरेन्द्रको शुभजन्मोत्सव विषेशाङ्क, पिखुवाको सुसेलीलगायत केही फुटकर साहित्यिक पुस्तक प्रकाशन गरिसकेको छ । विगतमा भानुजयन्ती, मोतीजयन्ती, लक्ष्मीजयन्ती, सहिद दिवस, पुस्तकालय वार्षिकोत्सवलगायत अवसरमा साहित्यिक भेला, कविता गोष्ठीलाई पुस्तकालयले सञ्चालन गर्दै आइरहेको स्थानीय प्रविण सुवालले बताउनुभयो । 
 
पुस्तकालयले सांस्कृतिक पर्वहरूको जगेर्ना गर्न तथा परम्परा कायम राख्न प्रत्येक वर्ष नागपञ्चमीदेखि सुरु हुने लाखेजात्रा पर्वमा लाखे नाच, गाई जात्रा, कृष्णअष्टमी जात्रा, रथ यात्राको प्रदर्शन गर्नुका साथै नेपाल सम्वत्, ल्होसार चण्डीनाचको आयोजना गर्न सहयोग जनाउँदै आएको छ ।
 
पुस्तकालयलाई व्यवस्थित रूपमा आधुनिक प्रविधिअनुसार सञ्चालनमा ल्याएमा स्थानीयका साथै विद्यालय र क्याम्पसका विद्यार्थी प्रत्यक्ष लाभान्वित बन्ने स्थानीय पुस्तक व्यवसायी जीवन श्रेष्ठले बताउनुभयो । “विगतमा अन्य ठाउँमा नपाइने पुस्तक यहाँ पढ्न पाइन्थ्यो । यहाँ हरेक किसिमका पुस्तक र पत्रपत्रिकाहरू पाइन्थ्यो ।”
 
अहिले पुस्तकालयमा साहित्य, व्याकरण, उपन्यास नेपाली हिन्दी, कथा, कविता नाटक, निबन्ध, इतिहाससम्बन्धी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका पुस्तक, हास्यसम्बन्धी, भूगोल, अर्थशास्त्र, अङ्ग्रेजीलगायत विभिन्न विधाका छ हजार बढी पुस्तक रहेका पुस्तकालयका संरक्षक मोक्तानले जानकारी दिनुभयो । 
 
साथै विसं २०१२ मा स्थापना भएको भोजपुर नगरपालिका–४, सिद्धेश्वरस्थित जनहित पुस्तकालय अहिले बन्द भएको छ । आधुनिकतासँगै पुस्तक पढ्न आउने पाठनको कमी हँुदा पुस्तकालय नियमित रूपमा सञ्चालन गर्न नसकिएको शिक्षक गणेश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तक र भवन पनि छ, तर पाठकको अभावका कारण नियमित सञ्चालनमा छैन, यसलाई इ–लाइब्रेरीका रूपमा विकास गर्न जरुरी छ ।” यहाँ करिब चार हजार पुस्तक छन् । 
 
जिल्लाको दक्षिण हतुपागढी गाउँपालिकामा सञ्चालनमा रहेको हतुवागढी सार्वजनिक पुस्तकालय व्यवस्थापनका लागि ‘पठन संस्कृतिमा सरोकारवालाः अवसर र चुनौती’ विषयमा आइतबार छलफल भएको थियो । पुस्तकालय तथा ईश्वरमान राई अध्ययन प्रतिष्ठानको आयोजना र गाउँपालिकाको सहयोगमा उक्त छलफल आयोजना गरिएको हो । 
सम्बन्धित खबर