Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
कचनकवलदेखि ताप्जेलुङसम्म साइकल यात्रा
सोमवार, भदौ १६, २०८२
झापा, १६ भदौः मेचीनगरका मिलन राजवंशीले आजदेखि कचनकवल स्तम्भबाट ताप्लेजुङको पाथीभरा मन्दिरसम्म एकल साइकल यात्रा सुरु गर्नुभएको छ । युवालाई कुलतबाट बचाउने सन्देश प्रवाह गर्ने उद्देश्यले उहाँले साइकल यात्रा थाल्नुभएको हो ।
‘छोड लागुपदार्थ, जोड साहस, बढ अगाडि निरन्तर’ नारासहित नेपालकै होचो भूभागलाईसमेत चिनाउने उद्देश्यले यात्रा अघि बढाएको राजवंशीले बताउनुभयो । कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, कचनकवल–४ का वडाध्यक्ष नुरजामा मियाँ, भद्रपुर साइकल क्लबका अध्यक्ष जीवनकुमार श्रेष्ठलगायतले कचनकवलको पहिचान झल्कने सामग्री र टी–सर्ट प्रदान गरी राजवंशीलाई बिदाइ गर्नुभएको छ ।
राजवंशी मेचीनगर–९ धुलाबारीस्थित हिमालयन मल्टिपल कलेज बिबिएस दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । लागुऔषध दुव्र्यसन घटाउन सचेतना फैलाउन आवश्यक रहेको उहाँको भनाइ छ । आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा मात्र जिल्लामा २७ जना लागुऔषध कारोबार तथा सेवन गरेवापत् पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।