शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

महिलाको सीपलाई बजारसँग जोड्दै‘वुमन इन्टरप्रेनर्स ग्यालरी’

मङ्गलवार, भदौ १७, २०८२

विराटनगर, १७ भदौ : विराटनगरको सहिद रड्गशाला नजिक सानो घर जहाँ भीडभाड भइरहन्छ । घरको भुइँतलाको कोठामा कोशी प्रदेशका महिला उद्यमीहरूले आफ्नो सीप प्रयोग गरेर बनाएका विभिन्न सामग्री कलात्मक ढड्गले सजाएर राखिएका छन् । उक्त कोठामा त्यस्ता सामग्रीमात्र होइन, महिलाको सङ्घर्ष, सिर्जनशीलता र उद्यमशीलताको कथासमेत सजिएको महसुस हुन्छ । त्यो हो– ‘वुमन इन्टरप्रेनर्स ग्यालरी’ जुन महिला उद्यमी सङ्घ नेपाल मोरङ च्याप्टरले २०८० साल भदौदेखि सञ्चालनमा ल्याएको हो । छोटो समयमै यस ग्यालरीले महिलाको हातको सीपलाई बजारसँग जोड्दै आर्थिक सशक्तीकरण र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम खोलिदिएको छ ।

सङ्घकी मोरङ च्याप्टर कोशी प्रदेश अध्यक्ष कृति श्रेष्ठ उपाध्यायलाई सुरुमा लाग्यो ‘महिला उद्यमीका उत्पादनहरू मेलामात्र कुर्दा अवसर सीमित हुन्छ । निरन्तर प्रदर्शन गर्ने ‘प्लेटफर्म’ आवश्यक छ’ , यही सोचलाई मूर्तरुप दिने क्रममा ग्यालरी स्थापना भयो ।

उक्त ग्यालरीमा प्रवेश गर्दा हस्तकला, ‘पुनः प्रयोग’ गरिएका सामग्री, घरेलु उत्पादन, सजावटी सामानदेखि स्थानीय स्वाद बोकेका खानेकुरासम्म विविधता भेटिन्छन् । सुरुमा मोरङकै सदस्य उद्यमीका सामग्री सोकेसमा राखेर सुरु गरिएको उक्त ग्यालरीमा अहिले कोशी प्रदेशका अन्य जिल्ला र अन्य प्रदेशका महिलाका उत्पादनले पनि यहाँ स्थान पाउन थालेका छन् । यसरी ग्यालरीले ‘एक्सचेन्ज र मार्केटिङ’लाई नयाँ ढङ्गले व्याख्या गरिरहेको छ ।

उक्त ग्यालरीमा मोरङका मात्र नभई कोशी टप्पु क्षेत्र, बाँके पश्चिमाञ्चल, भक्तपुर, काठमाडौँ, धनकुटालगायत विभिन्न स्थानका महिला उद्यमीले उत्पादन गरेका वस्तु प्रदर्शनीमा राखिएका छन् । ग्यालरीमा ४० देखि ५० प्रकारका उत्पादन राखिएका छन् । तीमध्ये धेरैजसो उत्पादन मोरङमै उपलब्ध कच्चा पदार्थ प्रयोग गरेर बनेका छन् । ग्यालरीको उद्देश्य प्रत्यक्ष बिक्रीमा मात्र केन्द्रित नभई उत्पादनलाई ‘सोकेस’ गर्दै प्रवर्द्धन गर्ने हो । मागअनुसार वस्तु बिक्री हुने र ‘माग’ लिएर वितरण गर्ने व्यवस्थासमेत गरिएको सङ्घले जनाएको छ ।

“ग्यालरी केवल ‘डिस्प्ले हल’ होइन, उद्यमीका लागि आर्थिक अवसरको खिड्की पनि हो”, मोरड च्याप्टर अध्यक्ष उपाध्याय भन्नुहुन्छ, “यहाँ उत्पादन राख्नेदेखि प्रत्यक्ष बिक्री, अर्डर लिनेसम्मको सुविधा छ । सुरुमा उद्यमी आफैँ सामान ल्याएर राख्थे, अहिले सङ्घले उनीहरूको उत्पादन खरिद गरेर राख्ने अभ्यास सुरु गरेको छ । यसले उद्यमीलाई समयमै भुक्तानी हुने र वित्तीय आत्मविश्वास बढ्ने अवसर दिएको छ ।”

उद्यमशीलता भनेको पसल खोलेर बस्न सक्नेहरूको मात्र कुरा होइन विद्यार्थी, स्टार्टअपदेखि सानाठूला उद्यमी सबैलाई हामीले यहाँ स्थान दिएको उहाँ बताउनुहुन्छ ।

विराटनगर आउने आन्तरिक तथा भारतीय पर्यटकका लागि यो ग्यालरी कोसेली किन्ने नयाँ ठेगाना बन्दै गएको छ । पर्यटकले यहाँबाट सानो हस्तकला, ‘रिसाइकल प्रोडक्ट’ वा परम्परागत शैलीका सामग्री किनेर लैजाने क्रम बढ्दो छ । यसले स्थानीय उत्पादनलाई नयाँ बजार त दिएको छ नै, पर्यटनलाई पनि अझ आकर्षक बनाएको छ । साथै, विद्यार्थी र अनुसन्धानकर्ताका लागि पनि ग्यालरी ‘लाइभ केस स्टडी’ बनेको छ, जहाँ उनीहरूले ‘सस्टेनेबल’ उत्पादन र महिलाको उद्यमशीलताबारे प्रत्यक्ष सिकाइ पाउँछन् ।

विशेष प्राथमिकता भने ग्यालरीले सस्टेनेबल र वातावरणमैत्री उत्पादनलाई दिएको छ । रिसाइकल सामग्री, स्थानीय स्रोतमा आधारित उत्पादन र वातावरणमैत्री वस्तु यहाँ सजिलै भेटिन्छन् । यसले महिला उद्यमशीलतालाई मात्र होइन, हरित अर्थतन्त्र र जलवायु प्रतिरोधी विकासलाई समेत सम्बोधन गर्ने प्रयास गरेको छ । अध्यक्ष श्रेष्ठ सङ्घले ग्यालरीलाई राष्ट्रियस्तरसम्म विस्तार गर्ने योजना रहेको बताउनुहुन्छ ।

यो ग्यालरीलाई पर्यटन बोर्ड, हस्तकला महासङ्घ र अन्य संस्थासँग सहकार्य गरेर यसलाई देशभर परिचित बनाउने योजना छ अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “यो पूर्वाञ्चलको पहिलो नमूना ग्यालरी हो, यसले महिला उद्यमीलाई मात्र होइन, सम्पूर्ण उद्यमशीलता क्षेत्रलाई सबल बनाउनेछ ।”

केवल दुई वर्षको अवधिमा ग्यालरीले महिला उद्यमशीलता, कला, पर्यटन र शिक्षालाई एकै ‘प्लेटफर्म’मा जोड्न सफल भएको महिला उद्यमीहरू बताउँछन् । उक्त ग्यालरीमा आउने आगन्तुकले उत्पादनमात्र देख्दैनन्, महिलाको आत्मविश्वास, सिर्जनशीलता र भविष्यप्रतिको दृढतासमेत देखिने भएकाले यो ग्यालरी केवल पसल नभएर, महिला उद्यमशीलताको जीवित गाथा बनेको उद्यमीहरूको धारणा छ ।

सम्बन्धित खबर