Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
सूचीकरण नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय
बिहिवार, भदौ १९, २०८२
काठमाडौं, १९ भदौः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल क्रमशः बन्द (निष्क्रिय) गर्ने निर्णय गरेको छ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बिहीबार मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको छ। मन्त्रालयले अब ती सञ्जालहरूलाई औपचारिक रूपमा पत्राचार गरी निर्णय कार्यान्वयनमा लैजाने तयारी गरेको छ।
सूचीकरणमा नआएका सामाजिक सञ्जालहरूलाई कानुनी प्रक्रिया अनुसार क्रमशः निष्क्रिय गराइनेछ। तर ती सञ्जालहरू सूचीकरण प्रक्रियामा सहभागी भएमा, पुनः सक्रिय गर्न सकिने व्यवस्था रहनेछ।
भाइबर, टिकटक, विटक, निम्बजजस्ता सामाजिक सञ्जाल नेपालमा यसअघि नै सूचीकरण भइसकेका छन् भने टेलिग्राम र ग्लोबल डायरी सूचीकरणको प्रक्रियामा छन् । तर, फेसबुक, ट्वीटर (एक्स), वाट्सएप लगायतका सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा नआएको मन्त्रालयका अधिकारीले बताउनुभएको छ ।
मन्त्रालयका अनुसार सूचीकरणमा नआएका कम्पनीहरूलाई यसअघि नै इमेलमार्फत सम्पर्क गरिसकिएको छ। तर तोकिएको सात दिनको समयसीमा सकिएपछि अब थप ढिलाइ नगरी निर्णय कार्यान्वयन गर्न लागिएको हो।