Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
भाषा अध्ययन गर्न कोशी सरकारले कार्यदल बनाउने
बिहिवार, भदौ १९, २०८२
विराटनगर, १९ भदौः कामकाजको भाषासम्बन्धी विभिन्न भाषाभाषीबाट माग उठेपछि तिनको अध्ययन गर्न कोशी सरकारले कार्यदल गठन गर्ने भएको छ ।
नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले कार्यदल बनाएर अघि बढ्ने तयारी भएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘‘विभिन्न भाषाभाषीले आफूहरूलाई समेत समेट्न माग गरेकोले त्यससम्बन्धी अध्ययन गर्न कार्यदल बनाउन लागिएको हो ।’’
कोशी प्रदेशमा भाषासम्बन्धी विधेयक दफाबार छलफलको लागि सामाजिक विकास समितिमा पठाइएको छ । लिम्बू र मैथिली भाषालाई प्रदेश कामकाजको भाषा बनाउने तयारीसहित सरकारले प्रदेशसभामा विधेयक पेस गरेको थियो । यसअघि भाषासम्बन्धी गैरसरकारी विधेयक सभाबाट अस्वीकृत भएको थियो । भाषा विधेयक सभामा पेस हुनासाथ थारु र राई बान्तवा भाषाभाषीले समेत ती भाषा समेट्नु पर्ने माग गरेका छन् ।
नेता थापाका अनुसार, भाषा आयोगले सिफारिस गरेमध्ये सबैभन्दा धेरै जनसंख्याले बोल्ने आधारमा लिम्बू र मैथिली भाषालाई कामकाजको भाषा बनाउन लागिएको बताउनुभयो । उहाँले अन्य भाषालाई स्थानीय रुपका के कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषयमा समेत अध्ययन हुने जानकारी दिनुभयो ।