Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
एमालेको दोस्रो विधान महाधिवेशन सुरु
शुक्रवार, भदौ २०, २०८२
ललितपुर, २० भदौ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन सुरु भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको सनराइज सभा हलमा महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।
ललितपुरको गोदावरी मूल सडकदेखि सभा हल छिर्ने प्रवेशद्वारसम्म महाधिवेशन प्रतिनिधि, पर्यवेक्षकलगायतलाई स्वयंसेवकहरूले व्यवस्थापन तथा सहजीकरण गरिरहेका छन् । महाधिवेशन हलमा ठूलो डिजिटल बोर्ड अगाडि १८ पदाधिकारीका लागि कुर्ची व्यवस्थित गरिएको छ । दुवैतिर पार्टीको झण्डा र राष्ट्रिय झण्डाले मञ्च सजाइएको छ । मञ्चको दायाँ, बाँया टुँडाल शैलीमा साना डिजिटल बोर्ड राखिएका छन् । यसका साथै मञ्चको बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर राखिएको छ । दाँयातिर कार्ल माक्र्स, एङ्गेल्स र लेनिनका तस्बिर राखिएका छन् ।
महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संसोधन प्रस्ताव प्रस्तुत हुनेछ । महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल दुई हजार ३४१ जनाको सहभागिता रहेको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।