Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
श्रीलङ्कामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु
शुक्रवार, भदौ २०, २०८२
कोलम्बो, २० भदौ: श्रीलङ्कामा हरियो चिया बगान पहाडी सहरहरू भ्रमण गर्ने स्थानीय पर्यटकहरू बोकेको बस करिब ३०० मिटर तल झरी दुर्घटना ग्रस्त हुँदा १५ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।
राजधानीबाट करिब १३० किलोमिटर पूर्वमा रहेको पहाडी एला क्षेत्रमा बिहीबार राति बस दुर्घटना हुदाँ बसमा रहेका अन्य १६ जना घाइते भएको प्रहरीले जनाएको छ । पहाडमा छुट्टी मनाएर घर फर्किरहेको समयमा बस अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।
यस अघि मे महिनामा कोटमालमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । टापुका घुमाउरो सडकहरूका कारण श्रीलङ्कामा हरेक वर्ष औसत तीन हजार सडक दुर्घटना हुने गरेको तथ्याङ्क छ ।