Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
एमाले महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्ने क्रम सुरु
शुक्रवार, भदौ २०, २०८२
ललितपुर, २० भदौ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने प्रक्रिया सुरु भएको छ।
महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। त्यसपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
त्यस्तै, केन्द्रीय अनुशासन आयोग अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोग अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहोराले पनि आ–आफ्ना निकायका प्रतिवेदनहरू प्रस्तुत गर्नुहुनेछ, महासचिव पोखरेलले जानकारी दिनुभयो।
महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मतसहितको दस्तावेज पनि प्रस्तुत गर्ने तयारी रहेको छ। प्रस्तुत गरिएका प्रतिवेदनहरूमा छलफल गर्न सहभागीहरूलाई १० समूहमा विभाजन गरिएको छ।
गोदावरीमा जारी तीन दिने महाधिवेशनमा २,०२६ जना प्रतिनिधि तथा आयोजकको हैसियतमा थप ३१५ जना सहभागी भई कूल २,३४१ जनाको उपस्थिति रहेको छ।