Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
गणतन्त्र दिवसका अवसरमा बिर्तामोडमा झण्डोत्तलन
सोमवार, जेठ १५, २०८०
बिर्तामोड । बिर्तामोड नगरपालिकामा १६ औँ गणतन्त्र दिवसका अवसरमा झण्डोत्तलन गरिएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई र नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगर कार्यपालिकाको कार्यालयमा एक कार्यक्रमका विच झण्डोत्तलन गर्नु भएको हो ।
कार्यक्रममा नगर प्रमुख प्रसाई, उपप्रमुख संग्रौला, विभिन्न शाखाका कर्मचारी र नगर प्रहरीद्वारा सहिदको तस्विरमा माल्यार्पण गरियो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले देशमा बोल्न पाउने अधिकार आजकै दिनले स्थापित गरेको धारणा राख्नु भयो । सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले कयौँको कोख र सिउँदो रित्तिएर ल्याएको गणतन्त्रलाई सहि ढंगले सदुपयोग गर्नु पर्नेमा जोड दिनु भयो । विधिको शाषनलाई कार्यान्वयन गर्दै अगाडि बढ्नु पर्ने बताउँदै उहाँले जाती, पार्टी भन्दा माथि उठेर देश विकासमा लाग्नु पर्ने बताउनु भयो ।
यसैगरी कार्यक्रममा बोल्दै नगर उपप्रमुख संग्रौलाले राजनीतिक अस्थिरताकोकारण लोकतन्त्र खतरामा परेको बताउनु भयो । उहाँले गरिब र सर्वहारा वर्गलाई गणतन्त्रले नछोएको धारणा राख्दै उहाँले राष्ट्रिय स्तरबाटै नीति नियम बनाएर अघि बढ्नु पर्ने बताउनु भयो । राष्ट्रहितका काममा जनप्रतिनिधि र कर्मचारी जुट्नु पर्ने बताउँदै उहाँले गणतन्त्रले सबैको बराबरी हैसियत कायम गर्नु पर्ने बताउनु भयो ।
गणतन्त्र दिवश विशेष कार्यक्रमलाई नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सञ्चालन गर्नु भएको थियो ।