Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
१६ वर्षपछि विश्वकप खेल्दै पराग्वे
शुक्रवार, भदौ २०, २०८२
काठमाडौँ, २० भदौः दक्षिण अमेरिकी राष्ट्र पराग्वे, कोलम्बिया र उरुग्वेले आगामी वर्ष हुने फिफा विश्वकप २०२६ मा स्थान बनाएका छन् ।
पराग्वेले शुक्रबार सम्पन्न खेलमा इक्वेडरसँग गोलरहित बराबरी खेलेसँगै आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकपमा स्थान सुरक्षित गरेको हो ।
फिफा विश्वकपमा पराग्वेले १६ वर्षपछि पुनरागमन गरेको हो । यसअघि अन्तिम पटक पराग्वेले दक्षिण अफ्रिकामा सन् २०१० मा आयोजित विश्वकप खेलेको थियो । उक्त संस्करणमा क्वार्टरफाइनलसम्म यात्रा तय गरे पनि त्यसयता पराग्वे तीनपटक विश्वकप छनोट हुन असफल रह्यो ।
यता, कोलम्बियाले पनि विश्वकपमा स्थान सुरक्षित गरेको छ । बिहीबार पेरुविरुद्ध ३–० को जितसँगै कोलम्बियाले विश्वकप खेल्ने ४८ देशमा आफ्नो स्थान सुरक्षित गरेको हो । यस्तै, बिहीबारै सम्पन्न खेलमा पेरुविरुद्ध ३–० को जित निकाल्दै उरुग्वेले पनि विश्वकपमा आफ्नो स्थान सुरक्षित गरको छ ।
योसँगै फिफा विश्वकपमा छनोट हुने देशको कुल संख्या १६ पुगेको छ ।
यी हुन् १६ राष्ट्रः
क्यानडा, अमेरिका, मेक्सिको, जापान, न्युजिल्यान्ड, अर्जेन्टिना, उज्वेकिस्तान, जोर्डन, दक्षिण कोरिया, अस्ट्रेलिया, इक्वेडर, उरुग्वे, कोलम्बिया, इरान, ब्राजिल र पराग्वे