Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
झापामा नेपाली युवा उद्यमी मञ्च गठन, अध्यक्षमा प्रवेश वस्नेत
बुधवार, जेठ १७, २०८०
बिर्तामोड । नेपाली युवा उद्यमी मञ्च झापा गठन भएको छ । मंगलवार गठित मञ्चको अध्यक्षमा प्रवेश बस्नेत चयन हुनुभयो ।
बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरेर युवा व्यवसायीहरूको छाता संगठन नेपाली युवा उद्यमी मञ्चको झापा शाखाको विस्तार गरिएको हो । बिर्तामोडका युवा व्यवसायी बस्नेतको अध्यक्षतामा ११ सदस्यीय झापा जिल्ला समिति गठन भएको छ ।
समितिको प्रथम उपाध्यक्ष डा. रूपेश बेलबासे, दोस्रो उपाध्यक्ष गणेश पौडेल, सचिव आयुष बजगाईं, कोषाध्यक्ष मालास सिलवाल रहनुभएको छ।
त्यस्तै, मेम्बरसिप चियर सुरज चौधरी, महिला सशक्तीकरण चियर प्रियंका शर्मा, मिडिया चियर मिजास पोखरेल, इन्टरनेसनल चियर डा. आशिष शर्मा, एलाइन्स चियर निरज प्रसाईं, लर्निङ चियर उत्सव उप्रेती रहनु भएको छ। झापा शाखामा हाल ३७ जना युवा उद्यमीहरू आबद्ध रहेका छन् ।
सन् २००३ मा स्थापना भएको मञ्चमा देशभरिमा ११ वटा शाखा रहेका छन् । काठमाडौँ, पोखरा, ललितपुर, चितवन, रूपन्देही, सुर्खेत, कैलाली, वीरगञ्ज, जनकपुर, विराटनगर, सुनसरी शाखा यसअघि गठन भइसकेका छन् ।