काठमाडौँ, २३ भदौः बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । आज मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यु आदेश जारी गर्नुभएको हो ।
प्रदर्शनमा जेन जी पुस्ताको नाममा घुसपैठ भएपछि कर्फ्यु जारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक वा अन्य गतिविधि गर्न निषेध गरिएको छ ।
प्रशासनले तोकिएको समयावधिभर आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।



