Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोड १ मा जेष्ठ नागरिकलाई सम्मान
बिहिवार, जेठ १८, २०८०
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १ मा जेष्ठ नागरिकलाई सम्मान गरीएको छ । जेष्ठ नागरिक वडा समितिको आयोजनामा आज ९० वर्ष भन्दा बढी उमेरका १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा वासुदेव निरौला, बीरबहादुर चौहान, धरणी प्रसाद प्रसाई, हिमामाया प्रसाई, गंगादेवि बुढाथोकी, जानुकादेवि सेढाई, जयनारायण शिवाकोटी, लक्षीमा खरेल, ठगीमाया तामाङ र धनमाया ओझा रहनु भएको छ । सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १का वडाअध्यक्ष तथा बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले रुद्राक्षको माला, देसल्ला, तथा ढाकाटोपी लगाइदिएर सम्मान पत्र प्रदान गर्नु भयो । सम्मानित हुन पाउँदा जेष्ठ नागरिकहरुले पनि खुशी व्यक्त गरेका छन् ।
जेष्ठ वडा समितिका अध्यक्ष डम्बर बहादुर बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा विष्णु प्रसाद बरालले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका बिर्तामोेड नगरपालिका कार्यपालिका सदस्य यमुना आचार्य, वडा सचिव टिका अधिकारी, वडा सदस्यहरु योगचन्द्र आङबोहाङ, कमला महरा लगायतको सहभागिता रहेको थियो ।