शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड १ मा जेष्ठ नागरिकलाई सम्मान

बिहिवार, जेठ १८, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १ मा जेष्ठ नागरिकलाई सम्मान गरीएको छ । जेष्ठ नागरिक वडा समितिको आयोजनामा आज ९० वर्ष भन्दा बढी उमेरका १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

सम्मानित  हुनेहरुमा वासुदेव निरौला, बीरबहादुर चौहान, धरणी प्रसाद प्रसाई, हिमामाया प्रसाई, गंगादेवि बुढाथोकी, जानुकादेवि सेढाई, जयनारायण शिवाकोटी, लक्षीमा खरेल, ठगीमाया तामाङ र धनमाया ओझा रहनु भएको छ । सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १का वडाअध्यक्ष तथा बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले रुद्राक्षको माला, देसल्ला, तथा ढाकाटोपी लगाइदिएर सम्मान पत्र प्रदान गर्नु भयो । सम्मानित हुन पाउँदा जेष्ठ नागरिकहरुले पनि खुशी व्यक्त गरेका छन् ।

जेष्ठ वडा समितिका अध्यक्ष डम्बर बहादुर बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा विष्णु प्रसाद बरालले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका बिर्तामोेड नगरपालिका कार्यपालिका सदस्य यमुना आचार्य, वडा सचिव टिका अधिकारी, वडा सदस्यहरु योगचन्द्र आङबोहाङ, कमला महरा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर