Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोड नगरपालिकामा प्रदर्शनकारीद्वारा तोडफोड र ढुंगा प्रहार
सोमवार, भदौ २३, २०८२
झापा,२३ भदौ : बिर्तामोड नगरपालिका क्षेत्रमा जेनजी प्रदर्शनकारीहरुको प्रदर्शनले स्थिति तनावपूर्ण बनेको छ।
बिहीबार दिउँसो करिब ३:१५ बजेदेखि बिर्तामोड–३ स्थित बिर्ताबजारमा रहेको नगरपालिका कार्यालय अगाडि आन्दोलनकारीहरु भेला भई विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरु र सुरक्षाकर्मीबीच झडप भएको छ।
प्रहरीले भीड तितरबितर पार्न प्रयास गरे पनि आन्दोलनकारीहरुले ढुंगा प्रहार गर्दै प्रतिकार जनाएका छन्। ढुंगा प्रहारका कारण नगरपालिकाको भवनको सिसा फुटेको छ, केही ठाउँमा तोडफोड भएको बताइएको छ। स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन थप सुरक्षा बल परिचालन गरेको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले थप सुरक्षाकर्मी परिचालन गरेको छ। झडपका कारण स्थानीयवासीहरु पनि त्रसित बनेका छन्।