बिर्तामोड, २४ भदौः झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।
प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ । घाइतेहरूलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएको छ ।
मंगलबार पनि युवाहरू बिहानैदेखि देशभर प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद बिघटन हुनुपर्ने भन्दै नारावाजी गरिरहेका छन् ।



