Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
प्रधानमन्त्री ओलीले दिए राजीनामा
मङ्गलवार, भदौ २४, २०८२
काठमाडौँ, २४ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएको छ ।
जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामा दिएको उहाँको सचिवालयले जनाएको छ। हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेनुभएको हो ।
गृहमन्त्री रमेश लेखकले हिजै राजीनामा दिनुभएको थियो। उहाँको मन्त्रिपरिषद्का अरू ३ जना मन्त्रीले मंगलबार बिहानै राजीनामा दिनुभएको थियो।
२ दिनको प्रदर्शनमा कम्तीमा २० जनाको ज्यान गइसकेको छ। धेरै नेताहरूका घर तथा सम्पत्ति नष्ट भइसकेको छ।
संसद भवनदेखि सिंहदरबारसम्म प्रदर्शनकारी प्रवेश गरिसकेका छन्। भैँसेपाटीको मन्त्री निवासबाट मन्त्रीहरूलाई हेलिकप्टरबाट उद्धार गरी सुरक्षित स्थान सारिएको छ।