झापा, २६ भदौ : झापाको बिर्तामोडमा भदौ २७ र २८ गते आयोजना हुने भनिएको ‘तेश्रो मिस्टर कञ्चनजंघा खुल्ला राष्ट्रिय बडी बिल्डिङ प्रतियोगिता’ तत्कालका लागि स्थगित गरिएको छ।
आयोजक बडी ग्यारेजले देशमा उत्पन्न भएको विषम परिस्थितिका कारण प्रतियोगिता तय गरेको मितिमा सञ्चालन गर्न नसकिने जनाएको छ ।आयोजक समितिका अध्यक्ष आदित्य पराजुलीले अवस्था सामान्य भएसँगै प्रतियोगिताको नयाँ मिति तय गरी सबैलाई जानकारी गराउने बताउनु भयो ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको भन्दै आयोजक समितिले बिर्तामोडमा भदौ २१ गते पत्रकार सम्मेलन गरेर ट्रफि सार्वजनिक गरेको थियो । आयोजकले प्रतियोगितामा नेपालभरबाट करिब १५० जना प्रतियोगी खेलाडी सहभागी हुने अपेक्षा गरेको थियो ।



