शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

सहकारी व्यवस्थापन तथा उद्घोषक तालिम सम्पन्न

सोमवार, जेठ २२, २०८०

झापा । बिर्तामोड नगरपालिकाले आयोजना गरेको महिला सहकारी संस्थाका सञ्चालकलाई सहकारी व्यवस्थापन तथा उद्घोषक तालिम सम्पन्न भएको छ ।
गरामनिमा गत जेठ १६ गतेदेखि आयोजना गरीएको ७ दिने तालिम आइतबार सम्पन्न भएको हो । तालिममा बिर्तामोड नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारीका ३० जना महिलाहरुले सहभागिता जनाएका थिए ।


सहकारीको व्यवस्थापन र सहकारी कर्मीहरुको क्षमता अभिवृद्विका लागि नगरको सामाजिक विकास तथा सहकारी शाखाले विभिन्न प्रकारका तालिम तथा गोष्ठी आयोजना गर्दै आएको छ । जम्मा ६० जनालाई प्रदान गरिने सहकारी व्यवस्थापन तथा उद्घोषक तालिम ३० जनालाई प्रदान गरिएको र अब ३० जनालाई प्रदान गरिने शाखा प्रमुख डिल्ली दाहालले जानकारी दिनु भयो ।

तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरीएको छ ।

सम्बन्धित खबर